२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

राप्ती एकता समाज कुवेतको पाँचौ वार्षिक उत्सब अध्यक्षमा कृष्ण बहादुर खड्का

राप्ती एकता समाज कुवेतको पाँचौ वार्षिक उत्सब सब्य र भब्य रुपमा सम्पन्न गरि, अध्यक्षमा कृष्ण बहादुर खड्का लाई चयन गरेको छ । कुवेतको नेपाली समाजमा सन २०१३ मा स्थापना भएको राप्ती एकता समाज कुवेतले पाँचौ वार्षिक उत्सब आज २० तारीख शुक्रबारका दिन कुवेतको जिलिब अब्बासियाको हाइ डाइन रेस्टुरेन्टमा एक विशेष कार्यक्रम गरि सम्पन्न गरेको हो ।

समाजका अध्यक्ष मस्त बहादुर बिश्वकर्माको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि नेपाली राजदुतावासका कुवेतका प्रथम सचिव भोगेन्द्र लिङ्ग्देन र विशेष अतिथिमा हाम्रो संचार डटकमका कार्यकारि सम्पादक प्रदिप नेपाली र अतिथिहरु कुवेतमा कृयासिल विभिन्न सघं सस्थाका प्रतिनिधिहरु थिए । पाचौं वार्षिक उत्सबको अबसरमा सभापति, प्रमुख अतिथि, विशेष अतिथिले दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गरिएको थियो ।

कार्यक्रममा मस्त बहादुर बि.क (क ) ले स्वागत मन्तव्य राखेको थिए भने कार्यक्रम संचालक अाेपेन्द्र बुढाले गरेका थिए । कार्यक्रममा अतिथि, विशेष अतिथि र प्रमुख अतिथिले शुभकामना मन्तव्य राखेका थिए । बार्षिक उत्सबको अवसरमा समाजले नेपाली राजदुतावास कुवेतका प्रथम सचीव भोगेन्द्र लिङ्देन लाई दोसल्ला ओढाएर सम्मान गर्नुको साथै मायाको चिनो प्रदान गरेको थियो । त्यसै गरि हाम्रो संचार डटकमका कार्यकारी सम्पादक प्रदिप नेपाली र तीतोपाटी डटकमका सम्पादक चन्द्र बिश्वकर्मालाई दोसल्ला र सम्मान पत्रले सम्मान गरेको थियो ।

राप्ती एकताले समाज कुवेतले सहमति मै कार्यसमिति चयन गर्दै अध्यक्षमा कृष्ण बहादुर खड्का, उपाध्यक्ष , सीता नेपाली, सुर्य बि क, माधब ढकाल , महासचिव मस्त बहादुर वि. क, सचिब गोविन्द समत, सहसचिव सन्तोष सुवेदी, कोषाध्यक्ष रुद्र बहादुर एरी र सहकाेषाध्यक्ष बलबहादुर वि. क रहेका छन । त्यसैगरी सदस्यहरुमा सुनिल आचार्य , कृष्ण न्यौपाने, भोला पुन, सहिमा सुनार, काले वि क ,जुद्द बहादुर डि. सि , तिलमती बुढा , लाजिराम बि. क ,टेक बहादुर सुनार , भरत बुढा , खिम बहादुर बुढा र जुनसरी बुढा रहेका छन ।

अन्त्यमा कार्यक्रममा उपस्थित सम्पुर्ण लाई हार्दिक धन्यवाद प्रकट गर्दै कुवेतमा कृयाशिल सघं सस्थाहरु सँग हातेमालो तथा सहकार्य गर्दै कुवेतको नेपाली समाजमा मात्र नभई नेपालमा पनि विभिन्न सामाजिक कार्यहरुमा सहयोग गरिरहेको र अबका दिनमा पनि नयाँ कार्यसमितिले कुवेतमा कृयासिल सघं सस्थाहरू संग सहकार्य गर्ने छ भन्दै सभापति मस्त बहादुर बिश्वकर्माले कार्यक्रमको समापन गरेका थिए ।

शाभार-तीतोपाटी डट कम

Facebook Comments Box

फेसबुक