न्युज लुम्बिनी-राप्ती भेरी कर्णाली एकता समाज कुवेतले तुलसीपुर उपमहानगरपालिका वडा नं. १८ विजौरी स्थित असहाय बालविकास नेपालमा रहेका बालबालिकालाई खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको छ । घर बिदामा नेपाल गएका कुबेतका पत्रकार राज मल्ल र माधव शाहीले राप्ती भेरी कर्णाली एकता समाज कुवेतको तर्फबाट २५ हजार बराबरको खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण गरेको पत्रकार राज मल्लले न्युज लुम्बिनीलाई जानकारी गराएका छन ।
खाद्यान्न तथा शैक्षिक सामाग्री वितरण कार्यक्रम हेल्पिङ ह्याण्ड्स दाङकी अध्यक्ष प्रतिक्षा पौडेलको अध्यक्षता र राप्ती भेरी कर्णाली एकता समाज कुवेतका महासचिव माधव शाहीको प्रमुख आथित्यता तथा पत्रकार राज मल्ल , ठकुरी समाज महासंघ नेपाल केन्द्रिय सदस्य बलदेव मल्लको उपस्थितीमा उक्त सामाग्री वितरण गरिएको थियो । विजौरी स्थित बालविकास नेपाल दाङ विजौरीमा रहेका १५ जना बालबालिकालाई शिक्षामा सहयोग पुगोस भन्ने उदेश्यले शैक्षिक सामाग्रीका साथै खाद्यान्न वितरण गरिएको हेल्पिङ ह्याण्ड्सका सल्लाहाकार शालिकराम गौतमले जानकारी दिए ।