२०८० असोज, १७
||NEWS LUMBINI |

रामेछापका मतपेटिका मालपोतमा सीलबन्दी गरियो

११ मंसिर, रामेछाप । रामेछाप जिल्लामा आइतबार सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका सबै मतपेटीकाहरु जिल्ला सदरमुकाम मन्थलीमा संकलन गरिएको छ ।

सोमबार विहानसम्म सबै मतपेटिकाहरु जिल्ला सदरमुकाम आइपुगेका रामेछापका प्रमुख जिल्ला अधिकारी दिलिपप्रसाद लामिछानेले जानकारी दिए ।

सदरमुकाममा संकलन गरिएका मतपेटिकाहरु जिल्ला मालपोत कार्यालयमा खडा गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा राखिएको छ । मालपोत कार्यालयमा सबै मतपेटिकाहरु राखेर सीलबन्दी गरिएको छ । कार्यालयका ३ वटा कोठमा मतपेटिका राखी ती कोठाहरुलाई सीलबन्दी गरिएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयमा सोमबार विहान बसेको सर्वदलीय बैठकले मतपेटिकाको व्यवस्थापन गर्ने विषयमा निर्णय गरेको थियो ।

मतपेटिका राखिएको स्थ्ाानलाई सशस्त्र प्रहरी र नेपाल प्रहरीले कडा सुरक्षा दिएको छ । मतपेटिका राखिएको स्थानमा प्रत्येक उम्मेदवारका पनि दुई/दुई जना प्रतिनिधि बस्ने भएका छन् । उनीहरुले पनि चौविसै घण्टा मतपेटिका राखिएको स्थान कुर्नेछन् । त्यस स्थान सीसी क्यामेराले पनि निगरानी गर्नेछ ।

मंसिर २१ गते हुने दोस्रो चरणको निर्वाचन सकिएपछि मतगणना गरिने छ ।

Facebook Comments Box

फेसबुक