२०८१ भाद्र, २९
||NEWS LUMBINI |

राष्ट्रपति भण्डारीले भनिन्, ‘देश अब सबैखाले हिंसाबाट मुक्त हुनुपर्छ’

राष्ट्रपति विद्यादेवी भण्डारी दोस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएपछि पहिलोपल्ट संसदमा सम्बोधन गर्दै अब मुलुक सबैखालका हिंसाबाट मुक्त हुनुपर्ने बताएकी छन् ।

पहिलो पटक संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको संयुक्त बैठकलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले अब कुनै बहानामा मुलुकमा हिंसा हुन नहुने र समृद्धिका लागि एकजुट हुनुपर्ने बताएकी हुन् । ४१ प्रतिशत महिला सहभागिताले उत्साहबोध गरेको बताउँदै राष्ट्रपतिले नेपालका नयाँ परिवर्तनले अग्रगामी विकासमा जान प्रेरित गरेको बताइन् । राष्ट्रपतिले संघीय संसदको संयुक्त बैठकलाई पहिलो पटक सम्बोधन गरेकी हुन् ।

संसद् बैठक कक्षमा पुगेकी राष्ट्रपतिलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधनको प्रति हस्तान्तरण गरेका थिए । राष्ट्रपतिलाई बग्गीमा राखेर संघीय संसद रहेको अन्तर्रा्ष्ट्रिय सम्मेलन केन्द्र लगिएको थियो । राष्ट्रपतिले संसदमा सम्बोधन गर्दा उपराष्ट्रपति नन्दबहादुर पुन पनि उपस्थित थिए । संघीय संसद भवनमा राष्ट्रपतिलाई प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमल्सिना, उपसभामुख शिवमाया तुम्बाहाम्फे, राष्ट्रिय सभाका उपाध्यक्ष र संसद सचिवालयका महासचिवले स्वागत गरेका थिए ।

-नयाँपेज

Facebook Comments Box

फेसबुक