२०८० फाल्गुन, १०
||NEWS LUMBINI |

रुखमा छाप लगाएर ५० मतपत्र बाकसमा खसाल्दै गर्दा मतदान अधिृकत पक्राउ

नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित नुवाकोटमा मतदान अधिृकत पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा जिल्लाको क्षेत्र नम्बर २ स्थित ताराकेश्वर–२ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत रहेको प्रहरीले जनाएको छ ।

रुखमा छाप लगाएर मतपेटिकामा खसाउन लागेको अवस्थामा उनलाई स्थानीयबासी र वाम गठबन्धनका कार्यकर्ताले समातेर प्रहरीलाई बुझाएका थिए ।

Facebook Comments Box

फेसबुक