रुपन्देहीमा आजमात्रै बहाली भएका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानाले तेल आपूर्ती सहज बनाएर छाड्ने दाबि गरेका छन् ।
उनले तत्कालै अनुगमन शुरु गरिने र बैठक बोलाएर रुपन्देहीको सुरक्षा ब्यबस्थालाइ समेत चुस्त बनाउने उल्लेख गरे ।
‘अनलाइन पद्धतीको नाममा तेल आपूर्ति र बितरण असहज बनाउन हुदैन, उपभोक्तालाइ सहज हुने किसिमले समस्या समाधान गरिहाल्न म निर्देशन दिन्छु ।’
रिपोर्टर्स क्लव प्रदेश न ५ कार्यालय बुटवलको आयोजनामा सरोकारवालाबिच भएको साक्षात्कार कार्यक्रममा बोल्दै उनले तेल भएर पनि नबाड्ने पम्पलाइ कारबाहि गर्ने बताए ।
नेपाल आयल निगम पश्चिमाञ्चल क्षेत्रिय डिपो रुपन्देही भलबारीका प्रमुख अशोक शाहले १ हप्तादेखि सुनौतीमा रहेको भारतीय कस्टममा अनलाइन सिष्टम लागु भएकाले आयातमा समस्या (ढिलाइ) भएको बताए ।
कस्टममा पहिले म्यानुअल सिष्टम थियो,अब अनलाइन सिष्टम शुरु भएको छ,तेल अभाब हुनेछैन । उनले भने ।
अहिले यो क्षेत्रमा २ लाख ५० हजार लिटर पेट्रोलको माग छ भने करिब १२ लाख लिटर डिजलको माग रहेको उनले बताए ।
डिपोमा दैनिक इन्धन भरिएका ५० देखि ६० ट्यांकर आउने गरेका छन् ।
तेल बोक्ने ट्यांकरको संख्या नथपेसम्म इन्धन अभाब भैराख्ने !
पश्चिमाञ्चल पेटा्रेलियम डिलर्स एशोशिएसनका अध्यक्ष प्रेम न्यौपानेले तेल बोक्ने ट्यांकरको संख्या नथपेसम्म इन्धन अभाब भैराख्ने दाबि गरे ।
उनले इन्धन बोक्ने गाडी थप्नका लागि सरकार बाधक बनेको गुनासो गरे । ‘ डिपोमा र पम्पमा स्टोरेज छैन भएको तेल एक दिनमै सकिन्छ,अनि कसरी बांड्ने त ?’ उनले भने
सरकार कहा छ,जनताले दुख पाएको कस्ले हेर्ने?’
पूर्व सांसद तथा माओबादी नेता बिनोद पहाडीले बजारमा तेल अभाब हुदा जनताले सरकार भएको अनुभुति गर्न नपाएको बताए । उनले भने—सरकार कहा छ,जनताले दुख पाएको कस्ले हेर्ने?’
इन्धन आपूर्ति र बितरणलाइ सहज बनाउन सरोकारवालाले आग्रह हुन् छन् । भारतीय कस्टममा अनलाइन प्रबिधि जडानको नाममा बजारमा भैरहेको इन्धन संकट तत्काल हटाउनुपर्ने उनीहरुको धारणा छ ।
नेपाल ट्रेड युनियन कांग्रेसका रुपन्देहीका निबर्तमान अध्यक्ष काजिमान श्रेष्ठले पम्पहरुले स्टोरेज गरेका कारण तेल अभाब भएको बताए ।
उनले रातीको समयमा तेल बेच्ने र दिउसोमा छैन भन्ने परिपाटिको अन्त्य हुनुपर्ने बताए । श्रेष्ठले बजारमा तेलको मुल्य बढ्ने गन्ध थाहापाएपछि ब्यापरिहरुले तेल बेच्न बन्द गर्ने र महंगिएपछि बेच्ने गर्दा सरकारीपक्ष मुकदर्शक बनेर बसेको बताए । उनले नियमित रुपमा अनुगमन गर्नुपर्ने बताए ।
कार्यक्रम क्लवका प्रदेश कार्यालयका प्रमुख रामकुमार क्षेत्रीको अध्यक्षता तथा कपिल ज्ञवालीको संचालनमा भएको थियो ।