२०८० असोज, १७
||NEWS LUMBINI |

रोहित चन्द इन्डोनेसियामा सर्वोत्कृष्ट खेलाडी

नेपाली राष्ट्रिय फुटबल टिमका मिडफिल्डर रोहित चन्दको टोली पर्सिजा जकार्ताले इन्डोनेसिया फुटबल लिग वानको उपाधि जितेको छ।

लिगको अन्तिम खेलमा मित्रा कुकरलाई २-१ ले हराउँदै लिगको उपाधि जितेको हो।

पर्सिजाको जितमा सिमिसले दुई गोल गर्दा नेपाल युवाले उत्कृष्ट प्रदर्शन जारी राखे।

उत्कृष्ट प्रदर्शनलाई निरन्तरता दिएका रोहित लिगको सर्वोत्कृष्ट खेलाडीसमेत भए।

लिगको प्राविधिक अध्ययन समितिले सार्वजनिक इन्डोनेसिया लिगको उत्कृष्ट खेलाडीको मनोनयनमा पर्सिजा जाकार्ताका मिडफिल्डर रोहितसँगै अन्य दुई खेलाडी परेका थिए।

लिगमा रोहितको लगातार उत्कृष्ट प्रदर्शनको मदतले पर्सिजाले लिग उपाधि जितेको हो।

लिगमा ३१ खेल खेलेका रोहितले ३ गोल गर्नुका साथै २ असिस्ट दिएका थिए।

रक्षात्मक मिडफिल्डर रोहितले धेरै गोल गर्न नसके पनि आफ्नो जिम्मेवारीमा उत्कृष्ट भूमिका निभाएका थिए।

रोहितसँगै उत्कृष्ट खेलाडीको मनोनयनमा पर्सबायाका ब्राजिलियन फरवार्ड डेविड डे सिल्भा र पीएसएम मकासरका डच मिडफिल्डर विलेम जान प्लम थिए।

Facebook Comments Box

फेसबुक