२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

लालीगुराँसले अथिति कलाकारको साथमा आठौ वार्षिकोत्सव मनाउने

लालीगुराँस सांस्कृतिक परिवार कुवेतले आफ्नो ८ आै वार्षिक उत्सवको अबसरमा १२ अाै प्रस्तुती स्वरुप अतिथि कलाकारहरुका साथमा आगामी जुन-२२,शुक्रबार-२०१८का दिन “लालीगुराँस धमाकाको”आयोजना भएको छ।
उक्त कार्यक्रममा नेपालबाट आमन्त्रित अतिथि कलाकारको रुपमा नेपाली संगित क्षेत्रका बहुचर्चित लोक तथा दोहोरी गायिका उमा श्रेष्ठ, चर्चित लोक तथा आधुनिक गायक अमृत खाती, छन भने  लोक दोहोरि गायिका बसन्ती थापा, सहित कुवेत आऊने भएका छन ।
लालीगुराँस सांस्कृतिक परिवारले आफ्नो स्थापना काल देखीनै कुबेतवासीलाई मनोरन्जन दिदै कला र गला भएका स्थानिय कलाकारहरुलाई आ-आफ्नो प्रतिभा देखाऊने अबसर दिदै आएको छ।
“हाम्रो सांस्कृतिक हाम्रो पहिचान”भन्ने मुल नाराका साथ स्थापना भएको संस्थाको मुल उदस्य कला र सांस्कृतिकको जगेर्ना गर्नु  हो भने, प्रवासमा रहेर पनि उक्त संस्थाले कुवेतका बिभिन्न संघ-संस्थाको सांगितिक कार्यक्रमहरुमा पन्चे बाजा सहितको आफ्नो कला प्रस्तुत गरीरहेको छ।
कार्यक्रम जुन महिनाको २२ तारीक शुक्रवार,२०१८का दिन कुवेतको फर्वानिया स्थित युनिक आडिटोरियम अल फर्वनिया (हैतम रेस्टुरेन्टको पछाड़ी)हुने भएकोछ।
उक्त कार्यक्रममा चर्चित कलाकारहरु बि.बि मल्ल ठकुरी, डिबी लोप्चन, सोम रसाईली लगायत बिभिन्न कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजकले बताएका छन।
नेपाली कला सांस्कृतिकको संरक्षण बिकास गर्ने उद्दस्यले तयारी गरीएको कार्यक्रममा कुवेतमा रहेका कलाकार, संघ-सस्थाका प्रतिनिधि, पत्रकार, बुद्दिजिबी तथा शुभ चिन्तकहरु र सहयोगी नेपाली दाजु भाइ तथा दिदिबहिनिहरुलाइ कार्यक्रममा उपस्थितका लागी संस्थाका अध्यक्ष माधव पौड़ेलले हार्दिक निमन्त्रणा गर्दै कार्यक्रम सफल बनाउन सबैले आ-आफ्नो ठाउँबाट सक्दो साथ-सहयोग गर्न अनुरोध गरेका छन।
 उक्त दिन कुनै पनि कार्यक्रम नजुधाउन कुवेमा रहेका सबै संघ-संस्थाहरुलाई आयोजकले अनुरोध गरेको छ।
कार्यक्रमको विवरण
स्थान: युनिक आडिटोरियम अल फर्वनिया(अल हैतम रेस्टुरेन्टको पछाड़ी)
समय: बिहान ११:००बजे देखी
मिति: २२ जुन शुक्रवार,२०१८
यो समाचार तितोपाटी डटकमबाट साभार गरिएको हो
Facebook Comments Box

फेसबुक