न्युज लुम्बिनी-लालीगुराँस सांस्कृतिक परिवार कुवेतको आठौ बार्सिकोत्सब तथा लालीगुराँस सांगीतिक धमका २०७५ शुक्रबार भब्य रुपमा सम्पन्न भएको छ । सो कार्यक्रममा नेपाली राजदूतावासका दुर्तीय सचिब ज्ञानेन्द्र मगर प्रमुख अथिति रहेको कार्यक्रममा उपस्थित सबैको मन्तब्यबाट डीबी भुसालले स्वागत गरेका थिए । लालीगुराँस साँस्कृति परिवार कुबेतका अध्यक्ष् माधव पौडेलको अध्यक्षता र लोक गायक बीबी मल्लको संचालनमा भएको कार्यक्रममा प्रमुख अथिति ज्ञानेन्द्र मगर र पत्रकार महासंघ कुबेत शाखाका उपाध्यक्ष नबराज पन्थीले मन्तब्य राखेका थिए। नेपाली संघ सस्थाका प्रतिनिधिहरु समाजसेवी बुद्दिजिबी पत्रकार लगायतको उपस्थितिमा भएको सांगेतिक धमाकामा नेपाल आएका कलाकारहरु बसन्ती थापा, अमृत खाती, उमा श्रेष्ठ र डीबी लोप्चनको जोडदार प्रस्तुतिले सबैलाई मनोरन्जन प्रदान गरेका थिए । भने कुबेतका हास्यकलाकार सोम रसाईलीको प्रस्तुतिले कार्यक्रमलाई थप आकर्षण बनाएको थियो। साथै स्थानीय कलाकारहरु राजु थापा, इन्द्र योन्जन, बिसाल पाख्रिन, बिराज तामांग लगायतले गीत प्रस्तुत गरेका थिए ।