२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

‘लिलिबिली’को सेटबाट प्रदीप र जसिताको तस्विर सार्वजनिक

यतिबेला नायक प्रदीप खड्का, जसिता गुरुङ र प्रियंका कार्कीको मुख्य भूमिका रहेको नयाँ फिल्म ‘लिलिबिली’को छायांकन स्कटल्यान्डमा हुदै छ । मिलन चाम्सको निर्देशनमा रहेर प्रदीपले आफ्नो भागको सिन दिइरहेका छन् । २० प्रतिशत भन्दा बढी छायांकन सम्पन्न भइसकेको फिल्मको सुटिङ सेटबाट प्रदीप र जसिताका केही तस्विर सार्वजनिक भएका छन् ।सार्वजनिक भएको तस्विरमा प्रदीप र जसिता स्कटल्यान्डको सडकमा मस्किँदै हिँडिरहेको देख्न सकिन्छ । तस्विरमा यो जोडीलाई संगै निकै ‘क्यूट’ देखिएको छ । यसअघि प्रदीपको जोडीको रुपमा जसिता गुरुङ र रेविका गुरुङ हुने पक्का भएपनि रेविकालाई बेलायतले भिषा नदिएपछि उनको ठाउँमा प्रियंका कार्कीलाई अनुवन्धित गरेर ‘लिलिबिली’को छायांकन सुरु गरिएको थियो ।

फिल्मलाई यहि बर्षको चैत ३०मा अथवा पोष्ट प्रोडक्शनको काम नसके बैशाख १४ गते प्रदर्शनमा ल्याउने तयारीमा लागिपरेको निर्माण टिमले जानकारी दिएको छ । यस फिल्मका लागि प्रदीपले २२ लाख पारिश्रमिक लिएको हल्ला छ ।

Facebook Comments Box

फेसबुक