२०८० असोज, १७
||NEWS LUMBINI |

लुम्बिनीमा भिआइपीको लर्काे, यसरी बित्यो राष्ट्रपति र प्रधानमन्त्रीको दिन

लुम्विनीमा बिशेष समारोहका विच २५६२ औं बुद्धजयन्ती मनाईएको छ । लुम्विनीमा नवनिर्मीत सभाहलमा आयोजित बुद्धजयन्ती मुलसमारोहको समुद्घाटन राष्ट्रपति बिद्यादेवी भण्डारीले गरेकी हुन् ।

राष्ट्रपती भण्डारीले बुद्धजयन्ती समारोहलाई सम्बोधन भने गरिनन् । बुद्धजयन्ती बिशेष समारोहलाई सम्वोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धको जन्मस्थलबारे विवाद र बहस गर्न आवश्यक नभएको बताएका छ । प्रधानमन्त्री ओलीले बुद्ध नेपालमै जन्मिएको दोहो‍¥याउंदै दोधार हुन आवश्यक नभएको बताए । उनले भारतका सम्राट अशोकले पनि अशोक स्तम्भ बनाएर बुद्ध नेपालमै जन्मिएका भनेर गएको र बुद्ध दर्शन नेपालबाटै सुरु भएकोले बहस र विवादको विषय नबनाउन आग्रह गरे ।

प्रधानमन्त्रीले नेपालको विकास र समृद्धिका लागि शान्ति र स्थिरता आवश्यक भएको बताए । उनले लुम्बिनीलाई शान्तिको अनुभूति हुने ठाउंको रुपमा विकास गर्नुपर्नेमा जोड दिए । लुम्विनीको बिकासको लागि बर्तमान सरकार योजनाबद्ध ढंगले अगाडी बढेको बताए । प्रधानमन्त्री ओलीले लुम्विनीमा धुप र ज्ञानको मात्र होईन हावा र फुलको पनि सुगन्ध हुनुपर्ने उल्लेख गर्दै लुम्विनी कुनैपनि शास्त्रमा उल्लेख गरिएभन्दा सुन्दर हुनुपर्ने बताए ।

उनले बुद्धका बाणीहरु जहिले पनि सत्यको पक्षमा रहेको उल्लेख गर्दै लुम्विनीलाई हेर्दा पनि पबित्र सुन्दा पनि पबित्र र अनुभुती गर्दा पनि पबित्र ठाउंको रुपमा बिकास गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

ओलीले पबित्रस्थल भएकोमा दुई मत नभएको र यसलाई पर्यटकीय स्थल, अध्ययनस्थल र तिर्थस्थलको रुपमा संगसंगै बिकास गरीने बताए । लुम्विनीको बिकासका नाममा जथाभावी होईन उपयुक्त बिकासका लागि सरकार सजग रहेको बताए । सो अवसरमा बोल्दै प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले लुम्विनीको परिसर बाहिरका नागरीकलाई लुम्विनीसंग जोड्न आवश्यक रहेको बताए । लुम्विनी परिसर बाहिर रहेका स्थानिय समुदायलाई लुम्विनीसंग जोड्न नसके लुम्विनीको बिकास सम्भव नभएको दावि गर्दै स्थानिय समुदायलाई लुम्विनीसंग आत्मियता जोडिने गरी रणनिती तयारगर्न लुम्विनी बिकास कोषलाई आग्रह गरे ।

मुख्यमन्त्री पोखरेलले लुम्विनी र बुद्धसर्किटसंग जोडिएका क्षेत्रहरुको बिकासका लागि प्रयाप्त सम्भावना रहेको उल्लेख गर्दै यहांका सम्पदाहरुको अन्वेषण र संरक्षणका लागि प्रधानमन्त्री समक्ष आग्रह गरे । पोखरेलले लुम्विनी आउने पर्यटक भारतीय एजेन्सीहरु मार्पmत आउदा पर्यटकमाझ लुम्विनीबारे गलत प्रचार भईरहेको र उनिहरुको बसाई समेत छोटो भएको उल्लेख गर्दै नेपाली एजेन्सी मार्फत लुम्विनी ल्याउने ब्यवस्था मिलाउनु पर्ने बताए । कार्यक्रम लुम्विनी बिकास कोषका अध्यक्ष पर्यटन तथा संस्कृती मन्त्री रबिन्द्र अधिकारीको अध्यक्षता तथा उपाध्यक्ष्ँ अवदेष कुमार त्रिपाठीको स्वागतमा सम्पन्न भएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिनीमा बन्न लागेको ५ हजार क्षमताको सभाहलको शिलान्यास गरेकी छन् । २५६२ औ बुद्धजयन्तिको मूल समारोहमा प्रमुख अतिथिका रुपमा सहभागी हुन लुम्बिनी आएकी राष्ट्रपती भण्डारीले हेलिकप्टरबाट अवतरण गरेलगत्तै सभाहलको शिलान्यास गरेकि हुन् ।

उनले देशकै ठूलो र अत्याधुनिक ध्यान केन्द्र सहितको सभाहलको शिलान्यास गरेकी हुन् । राष्ट्रपति भण्डारीले सभाहलको शिलान्यास पछि मायांदेवी मन्दिरको दर्शन गर्नुको साथै लुम्बिनीमा भईरहेको विकासको बारेमा जानकारी लिएकी थिईन् । राष्ट्रपती भण्डारी संगै सभाहल शिलान्यास र मायांदेवी मन्दिर दर्शनमा सहभागि भएका थिए । दुई वर्षअघि २५६० औं बुद्ध जयन्ती समारोह हावाहुरी र वर्षाले बिथोलिएपछि प्रधानमन्त्री ओलीले लुम्बिनीमा ५ हजार क्षमताको सभाहल निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए ।

प्रक्रियाअनुसार सभाहल निर्माणका लागि परामर्शदाता छनोट, डिजाईन, लागत अनुमान र ठेक्का प्रक्रिया गर्दा समय लागेकाले दुई वर्षपछि शिलान्यास भएको हो । करिब ३२ करोडको लागतमा बन्ने उक्त सभाहल दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको लुम्बिनी विकास कोषले जनाएको छ । यो सभा हलको डिजाइन दक्षिण एशियामै नमूना भएको कोषको दाबी छ ।

सभाहलमा आवश्यकता अनुसार अटोमेटिक पार्टेशन गर्न सकिने प्रविधि जडित हुनेछ । हललाई आवश्यकता अनुसार सानो ठूलो बनाउन सकिने कोषका वरिष्ठ इञ्जिनियर सरोज भट्टराई बताए ।

Facebook Comments Box

फेसबुक