२०८० असोज, ६
||NEWS LUMBINI |

लुम्बिनीमा मनाइयो चिनियाँ बुद्ध जन्मजयन्ती [फोटोफिचर]

कपिलवस्तु — बुद्धस्थल लुम्बिनीमा चिनियाँ क्यालेण्डर अनुसार बुद्ध जन्मजयन्ती मनाइएको छ । चीनभर मंगलबार मनाइएको बुद्ध जन्मजयन्ती नेपालमा पनि मनाइएको हो । चिनियाँ क्यालेण्डर अनुसार यस वर्षको २६४२ औं बुद्ध जन्मजयन्ती नेपालको भन्दा १४ दिन पछि परेको हो । 

लुम्बिनीस्थित चीनको चुोङहुवा बौद्ध मोनाष्ट्रीद्वारा आयोजित कार्यक्रममा मायादेवी मन्दिर परिसरमा पीपलको रुखमुनी विशेष मण्डप सजाएर बेबी बुद्धको मूर्तिलाई नुहाइदिएर धार्मिक विधिपूर्वक पूजा गरी मनाइयो।
बुद्ध जन्मनासाथ नुहाइदिएको हुनाले यहाँ पनि नुहाइएर कार्यक्रम गरिएको थियो। यसअघि बेबी बुद्धको मूर्तिलाई मायादेवी मन्दिरभित्र लगेर बुद्ध जन्मेको ठाउँमा पूजाआजा गरिएको थियो।
कार्यक्रममा थाई, भियतनाम, म्यान्मार, तिब्बती भिक्षु र थेराबाद बौद्ध धर्मावलम्बीले शिलप्रार्थना र पाठ गरेका थिए।
जोङहुवा बौद्ध मोनाष्ट्रीद्वारा दोस्रो ठूलो भिक्षु सु चुङ्ग युङले चिनियाँ परम्पराअनुसार पूजाआजा गराएका थिए।
चीनको बेईजिङ, खुप्यु, सान्सी, सेन्चेन र सियानलगायत ठाउँबाट बुद्धजयन्ती मनाउन यहाँ ६० उपासक उपासिका आएका थिए।
उक्त अवसरमा लुम्बिनी विकास कोषका उपाध्यक्ष भिक्षु मेत्तेय शाक्यपुत्र र अखिल नेपाल भिक्षु महासंघका अध्यक्ष भिक्षु मैत्री महाअस्थवीरले मन्तव्य दिएका थिए।
त्यस्तै भियतनाम विहारले पनि आजै मायादेवी मन्दिर पुजा गरी बुद्धजन्म जयन्ती मनाएको छ।
-यो कान्तिपुरबाट साभार गरिएको हो
Facebook Comments Box

फेसबुक