२०८० फाल्गुन, १४
||NEWS LUMBINI |

लुम्बिनीमा ४ जना चढेको मोटरसाइकल दुर्घटना २ जनाको मृत्यु,२ घाइते

रुपन्देहीको लुम्बिनीमा कार र मोटरसाईकल एक आपसमा ठेक्किदा २ जनाको ज्यान गएको छ भने २ जना घाइते भएका छन् ।

फाईल

दुर्घटनामा परि मोटरसाईकलमा सवार २ जनाको मृत्यु भएको हो ।

गैडहवा गाउंपालिका वडा नम्बर ३ मा ना ४२ प ८४१२ नम्बरको मोटरसाईकल र बा १९च ४२१ नम्बरको कार एक आपसमा ठोक्किदा गैडहवा वडा नम्बर २ बस्ने २६ बर्षिय कायर पासी, सोही ठांउ बस्ने २७ बर्षिय घिसन पासीको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डिएसपी कुमुद ढुंगेलका अनुसार दुर्घटनामा परि घाईते हुनेहरुमा गैडहवा वडा नम्बर २ बस्ने २६ बर्षिय छन्नु पासी र ३६ बर्षिय मोहितलाल पासी रहेका छन ।

एउटै मोटरसाईकलमा हेल्मेट नलगाई सवार रहेका ४ जना मध्ये २ जनाको मृत्यु भएको हो । घाईतेहरुका भैरहवा स्थित मेडिकल कलेजमा उपचार भै रहेको छ ।
४ जना एउटै मोटरसाईकलमा सवार भै तिव्र गतिमा आई कारमा ठेक्किएको स्थानियहरुले बताएका छन ।
ठक्कर भएको कार र कार चालक गोपाल उपाध्याय प्रहरी नियन्त्रणमा रहेको रुपन्देही प्रहरीले जनाएको छ ।

Facebook Comments Box

फेसबुक