२०८१ जेष्ठ, ११
||NEWS LUMBINI |

“लुम्बिनी मेगा धमाका २०१९” को तयारी जोडदार रुपमा चल्दै

न्युज लुम्बिनी-लुम्बिनी समाज नेपाल कुबेतले आफ्नो स्थापनाको छैटौ वार्षिकोत्सवको अवसरमा आउँदो मार्च १५ तारिख शुक्रबार आयोजना गर्न गईरहेको सांस्कृतिक कार्यक्रमको तयारी जोडदार रुपमा चलिरहेको छ्। “लुम्बिनी मेगा धमाका २०१९” नाम दिइएको उक्त सांस्कृतिक कार्यक्रमको लागि चर्चित गायक पुष्पन प्रधान, नेपाल आइडल प्रतिस्पर्धी अमित बराल र लोक दोहोरी गायिका शान्ता परियार कुबेत आउने आयोजकले जनाएका छन्। सामाजिक कार्यमा सक्रिय लुम्बिनी समाजले अथिति कलाकार झिकाएर पहिलो पटक सांस्कृतिक कार्यक्रमको  आयोजना गर्न लागेको हो्। उक्त लुम्बिनी मेगा धमका २०१९ साँस्कृति कार्यक्रममा उपस्थित भई भब्य र सभ्य रुपमा सफलता पुर्वक सम्पन्न गर्न कुबेत स्थित नेपाली संघ सस्था, समाजसेवी, बुद्दिजिबी, पत्रकार लगायत सम्पूर्ण कुबेतबासी नेपाली दाजुभाई दिदिबहिनीहरुलाई निमन्त्रणा सहित अनुरोध गरेको छ।

स्थान:- Nottingham British School , जिलिब  

समय:- मध्यान्ह  १२  बजे

मिति:- शुक्रबार १५  मार्च २०१९   

Facebook Comments Box

फेसबुक