२०८० फाल्गुन, १०
||NEWS LUMBINI |

लुम्बिनी समाजका सदस्यले गरे मादल हस्तान्तरण

न्युज लुम्बिनी- लुम्बिनी समाज नेपाल कुबेतका सक्रिय सदस्यहरु दयानिधि काफ्ले र बल बहादुर कुमालले सस्थालाई दुई ओटा मादल हस्तान्तरण गरेका छन। सदस्यद्वयले शनिबार समाजका अध्यक्ष् रुपेन्द्र बिक्रम हमाल, उपाध्यक्ष् अशोक ओस्ती र महासचिब नेत्र पेमी मगरलाई संयुक रुपमा आफुहरुले नेपालबाट ल्याएका मादल सस्थाका हस्तान्तरण गरेका हुन् ।  

लुम्बिनी समाजले प्रबासी भुमिमा पनि नेपाली कला संस्कृति जगेर्ना गर्ने उद्देश्यले नेपालको पश्चिम भेगमा निक्कै लोकप्रिय सोरठी मारुनी नाचलाई अब कुबेतमा बेला बखत प्रदशन गर्ने सोच बनाई महासचिब नेत्र पेमी मगरलाई जिम्मा दिएको छ । जसको शुरुवात गत मार्च २३ तारिख सस्थाको पाँचौ बार्षिकउत्सव बाट गरेको थियो ।

Facebook Comments Box

फेसबुक