२०८० असोज, १७
||NEWS LUMBINI |

लुम्बिनी समाजको पहलमा कुबेतमा ज्यान गुमाएका तिन जनाको सब नेपाल पठाईयो

दयानिधि  काफ्ले –विभिन्न कारण ले १२/१३ दिन सम्म कुबेतमा रोकिएका तिन जना नेपालीहरुको  शव नेपाल पठाईएको छ। कुवेतका सामाजिक अभियान्ताहरु र लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन्द्र बिक्रम  हमालको पहल मा २ दिन अगाडि २ नेपालीको शव र आज १ गरि तिन जना नेपालीहरुको  शब नेपाल पठाइएको छ। तिनै जना नेपालीको शव नेपाल पठाउन प्रति ब्याक्ति 350 KD अर्थात नेपाली एक लाख पच्चीस हजार लागेको लुम्बिनी समाज नेपाल कुबेतका अध्यक्ष् रुपेन्द्र बिक्रम हमाल ले न्युज लुम्बिनीलाई जानकारी गराउनुभएको छ  ।

मृतकहरु अबैधानिक भई कुबेतमा काम गर्दै आएको हुनाले दूतावासले पनि उक्त शव नेपाल पठाउन केहि समस्या आए पछि लुम्बिनी समाज नेपाल कुबेतका अध्यक्ष हमालले उक्त शब नेपाल पठाउन आर्थिक संकलन अभियान शुरु  गर्नु भएको थियो । अध्यक्ष् हमालले पहिले त मृतक को घर ठेगाना पत्ता लगाउनमा दुताबास लाई सहयोग गरे पछि मृतकका घर परिवार को अनुरोध धेरै आएपछि नेपाली दुताबास कुवेत संग सहकार्य गर्दै आफ्नो अभियान शुरु गर्नु भयको थियो ।

उक्त अभियानमा लुम्बिनी समाज नेपाल कुबेत, कुवेतमा क्रियाशील नेपाली  संघ सस्था साथै कुबेतबासी नेपालीहरुले पनि सहयोग गरेका थिय। अध्यक्ष् हमालले भन्नु भयो छोटो समयमा पनि 1050 KD आर्थिक संकलन गर्न सफल भयकोमा सम्पूर्ण सहयोग दाताहरुलाइ आभार व्यक्त गर्दै धेरै धेरै धन्यवाद दिनुभयकोछ ।

कुबेतबाट नेपाल पठाएको मृतकहरुको विवरण :-

१ :-नुवाकोट ककनी -७ चतुराली का सुशील आचार्य कम्पनी इनास
२ :-दरबार गाउपालीका वार्ड न. २ घर भै हाल रुपन्देही बकुलघाट बसोबास गर्दै आयका हुम बहादुर रासकोटी कम्पनी इनास
३ :-मरिण गाउपालीका वार्ड न. ४ कुण्डुले सिन्धुली घर भयका राम बहादुर स्याङ्ताङ कम्पनी इनास

Facebook Comments Box

फेसबुक