२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

लुम्बिनी समाजको पहलमा मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण

दयानिधि काफ्ले- लुम्बिनी समाज नेपाल कुबेतका अध्यक्ष् रुपेन्द्र बिक्रम हमालको पहलमा दुवै मृगौला पिडितलाई आर्थिक सहयोग गरेको छ । बाग्लुङ निसिखाेला-२का कृष्ण वहादुर कार्की कि धर्मपत्नी उमेर ३५की श्रीमती टीका कुमारी घर्ति कार्की विगत १९महिना देखि दुवै मृगाैला खराब भै बुटवल स्थित उपचार गराईराख्नु भएकाे अवस्थामा कुवेतमा कार्यरत बाग्लुङका नेपाली दाजु,भाई,दिदी,बहिनी लगायत वैदेशिक राेजगारीमा रहेका ले सयाेग गरेका हुन्। साे सयाेगमा लुम्बिनी समाज नेपाल कुवेत द्वारा अाथिक संकलन गरि विरामी लाई भेटी नगद ४५,३३० रुपैया हस्तान्तरण गरेकाे थियाे।  विरामीका श्रीमान,श्रीमती बुटवल स्थित देबिनगर ११ मा भाडामा बसाइँ गर्दै आउनु भएकाे छ। सहयोग हस्तान्तरण गर्न समाजका अध्यक्ष् हमालको साथमा संरक्षक एच पी खत्री सल्लाहकार बिर बिक्रम सुनार अनिल ठाकुर लगायत  पिडित कै कोठामा पुगेका थिए साे अभियानमा लुम्बिनी समाजका अध्यक्ष रुपेन्द्र  बिक्रम  हमालले अागामि दिनमानी दुख परे सयाेग गर्न र बिभिन्न अरु सस्थाले पनि सयाेग गर्न आग्रह गर्नु भएको छ ।
बैदेशिक  राेजगारीमा गएर दुख पाएर फर्कने नेपालीहरुको संख्या बढ्दो छ  । कसैले राम्रो कमाई फर्कीएका छन् भने काेही काम र दाम भने जस्ताे नभएकाे कारण। दुख पाई फर्कने नेपालीकाे संख्या झन बढ्दाे छ। बिदेशमा हुदा दुख पाएका दुखि नेपालीकाे घर दहिलाेमा पुगी सान्तोना दिन मलम लगाउन लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन्द्र बिक्रम हमाल दुखिकाे घर अाँगन पुगेका हुन्छन । छाेटाे समयकाे विदामा घर जादा पनि हमाल समाज सेवामा नै ब्यस्थ हुने गरेका छन् अरुकाे दुखमा साथ दिने हमाल अरु लाई दुख पर्दानी आफु लाई पर्दाको दुख सम्झी सेवा गरेकाे बताउने गर्दछन ।देशमा राेजगारी नहुदा घर जगा धिताे राखि बिदेश पसेका नेपालीकाे दुख बिसाउन हमाल दुखियाकाे गाउँ पसेकाे बताउछन ।

 

Facebook Comments Box

फेसबुक