२०८० मङ्सिर, २१
||NEWS LUMBINI |

लुम्बिनी समाजको पाँचौ वार्षिकोत्सव सम्पन्न(फोटो फिचर)

भित्ते पात्रो बिमोचन/न्युज लुम्बिनीको शुरुवात

न्युज लुम्बिनी-लुम्बिनी समाज नेपाल कुबेतको पाँचौ वार्षिकोत्सव शुक्रबार सम्पन्न भएकोछ। समाजले सोही अबसर पारेर नेपाली नयाँ बर्ष २०७५ को भित्तेपात्रो समेत सार्वजनिक गरेको छ। कुबेतका लागि नेपाली राजदुत यज्ञ बहादुर हमालको प्रमुख आथित्यतामा सम्पन्न कार्यक्रममा महामहिम राजदुत यज्ञ बहादुर हमाल र प्रथम नेपाली महिला रिता हमाललाई लुम्बिनी अभिनन्दन २०१८ बाट अभिन्दन समेत गरेको छ। भने कुबेतका चर्चित लोकगायकहरु माधब शर्मा, बीबी मल्ल ठकुरी र डिबी लोप्चन साथै सस्थाको हरेक गतिविधिमा सक्रिय रहने सागर न्यौपाने र भिम कार्कीलाई समेत सम्मान गरेको छ ।

सोही अबसरमा www.newslumbini.com को औपारिक शुरुवात गरेको छ। जुन नेपालबाट पूर्ण रुपमा संचालन हुनी कि कुबेतबाट संचालन हुनी केहि दिनमा सार्वजनिक गरिने बताईएको छ । समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन पत्रकार नबराज पन्थीले गरेका थिए । उपस्थित सबैको मन्तव्यबाट उपाध्यक्ष् अशोक ओस्तीले स्वागत गरेका थिए भने सस्था परिचय टोमलाल पराजुलीले गराएका थिए ।

न्युज लुम्बिनीको बारेमा जानकारी पत्रकार राज मल्लले गराएका थिए । कार्यक्रममा शुभकामना मन्तब्य पत्रकार महासंघ कुबेत शाखाका तर्फबाट कोषराज राई, तमु समाजका अध्यक्ष खोप गुरुङ, सुदुरपश्चिम सेवा समाजकी कोसाध्यक्ष निरुमाया खडका, कुबेतको लागि महामहिम राजदुतकी धर्म पत्नी प्रथम महिला रिता हमाल, प्रमुख अथिति महामहिम राजदुत यज्ञबहादुर हमालले दिनु भएको थियो ।

लुम्बिनी समाजका सदस्यहरुले पहिलो पटक कुबेतमा मारुनी ठुलनाच देखाएर सबैलाई मनोरंजन प्रदान गरेका थिए । लोकगायक बीबी मल्ल, माधव शर्मा र डिबी लोप्चंनले सबैलाई नचाएका थिए । बालकलाकार अनिशा लोप्चन निर्त्य र गायक कृष्ण केबी ले सबैलाई थप मनोरंजन प्रदान गरेका थिए ।

बिस्तृत विवरण अपडेट गर्नेछौ न्युजलुम्बिनी हेर्दै गर्नु होला।

तस्बिर:- निरेम अपडे/ प्रेम जिमी

Facebook Comments Box

फेसबुक