२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

लुम्बिनी समाजले अथिति कलाकारको साथमा छैटौ वार्षिकोत्सव मार्च १५ मा मनाउने

न्युज लुम्बिनी-लुम्बिनी समाज नेपाल कुबेतले आगामी मार्च १५ तारिख शुक्रबार आफ्नो छैटौ वार्षिकोत्सव मनाउने भएको छ। समाजका  अध्यक्ष् रुपेन्द्र बिक्रम हमालको अध्यक्षतामा शुक्रबार बसेको बिशेष बैठकले नेपालका चर्चित कलाकारको साथमा भब्य सांस्कृतिक कार्यक्रम आयोजना गरि छैटौ वार्षिकोत्सव मनाउने निर्णय गरेको समाजका महासचिब नेत्र पेमी मगर ले जानकारी गराएका छन। दुखि पिडित समस्यामा परेकाहरुलाई मलम लगाउदै सामाजिक गतिविधिमा सक्रिय कुबेतको नेपाली समाजमा छुट्टै पहिचान बनाउन सफल लुम्बिनी समाजले आफ्नो वार्षिकोत्सवमा आउने अथिति कलाकार र कार्यक्रम हुने हलको बारेमा केहि दिनमा जानकारी गराउने महासचिव नेत्र पेमी मगर ले बताएका छन ।

Facebook Comments Box

फेसबुक