२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

लुम्बिनी समाजले गर्यो दुताबासका प्रथम सचिब भोगेन्द्र लिंन्देनको बिदाई (फोटो फिचर)

न्युज लुम्बिनी-नेपाली दूतावास कुबेतका प्रथम सचिब भोगेन्द्र लिङ्देनले सफलता पुर्वक आफ्नो कार्यकाल पूरा गरि स्वदेश फर्किनु लाग्नु भएकोमा लुम्बिनी समाज नेपाल कुबेतले अंग्रेज़ी नयाँ बर्ष 2019 को पहिलो दिन अर्थात जनवरी १का दिन पारेर बिदाई गरेको छ। सस्थाका अध्यक्ष रुपेन हमाल, महिला उपाध्यक्ष शान्ता भन्डारी, महा सचिब नेत्र पेमी मगर, पत्रकारहरु नबराज पन्थी र राज मल्लले सम्युक्त रूपमा समाजको तर्फबाट मायाको चिनो प्रदान गरेका थिए। समाजले ४ बर्षिय कार्यकाल सफलता पुर्वक पुरा गरि २जनवरी2019 मा स्वदेश फर्कन लाग्नु भएका प्रथम सचिब भोगेन्द्र लिन्देन को यात्रा सफल रहोस भन्दै उहाँको जीवन सुखद संगै उत्तर उत्तर प्रगतिको बाटोमा लम्किरहोस भन्दै कामना समेत ब्यक्त गरेकोछ।

Facebook Comments Box

फेसबुक