२०८० असोज, ७
||NEWS LUMBINI |

लुम्बिनी समाजले गर्यो बिशाल चापागाईलाई ५१ हजार आर्थिक सहयोग

न्युज लुम्बिनी- लुम्बिनी समाज नेपाल कुबेतले नवलपरासी बर्दघाट नगरपालिका वार्ड न. ४ बर्दघाट निवासी बर्ष २५ का विशाल चापागाईंलाई  ५१ हजार रुपैयाँँ आर्थिक सहयोग गरेको छ। चापागाईं बिगत १८ बर्ष देखि मानसिक रोगले ग्रसित थिए। दिनमा सयौं पल्ट बेहोस हुने र केही सुर नपाउने भएपछि उपचारको लागि विभिन्न अस्पतालमा उपचार गराइएता पनि अझै सामन्य अवस्थामा नफर्किएपछि बिराटनगर स्थित नोवेल हस्पिटलमा उपचारका लागि ल्याएको छ।

उपचारकै क्रममा धेरै खर्च हुदा  पनि निको नभएकोले अहिले एक तर्फको मस्तिष्क अपरेसन गरि फाल्नुपर्ने भयको उनका परिवारले जानकारी गराएका छन। उनको उपचारका लागि दैनिक ३५ हजार रुपैयाँ खर्च हुँदा उनको परिवारमा आर्थिक संकटमा  परेको  खबर पाएपछि लुम्बिनी समाज नेपाल कुवेतले बिरामीको उपचारमा केही राहत मिलोस भन्ने उदेश्यले सहयोग गरेको संस्थाका अध्यक्ष रुपेन्द्र बिक्रम हमालले जानकारी गराएका छन। बिरामीको पहिलो अप्रेसन सफल भइ अहिले नर्मल वार्डमा सारेर उपचार भैरहेको बुझिएको छ । कुबेतमा संकलन रकम  समाजका अध्यक्ष रुपेन्द्र बिक्रम हमालको नामबाट कुवेतबाट अमान एक्सचेन्ज मार्फत रुबि चापागाईंको नाममा पठाइएको खबर प्राप्त भएको छ ।

Facebook Comments Box

फेसबुक