२०७७ कार्तिक, १४

लोकगायक प्रकाश सपुत अब नायक

  •  
  •  
  •  
  •  
  •  
  •  
  •  
  •  

बहुचर्चित दोहोरी गायक तथा मोडेल प्रकाश सपुतले चलचत्रिमा नायकको रुपमा डेब्यु गरेका छन्। उनले अभिनय गर्ने चलचित्र परदेशी-२ को औपचारिक रुपमा शुक्रबार छायांकनसहित शुभ मुहुर्त भएको छ। चलचित्रमा सपुतसँगै नायिका वर्षा सिवाकोटी रहनेछन्।

गायक नारायण रायमाझी निर्माता तथा निर्देशकको रुपमा छन्। दर्शकको अधिक मन जित्दै सफल चलचित्रको कोटीमा परेको परदेशी १ मा इण्डियन आइडलसमेत बनेका प्रशान्त तामाङ नायकको रुपमा अभिनय गरेका थिए।

बागलुङको काठेखोला ३ धम्जामा जन्मिएका कलाकार सपुतले आफ्नो सपना हिरो बन्ने भएको उल्लेख गर्दै अब सानैमा देखेको सपना पुरा हुन केही बाँकी नरहेको बताए। उनले चुनौती र अवसरका बीच लोकदोहोरीबाट चलचित्रमा प्रवेश गरेको तर छायांकन पश्चात गीत संगीतलाई निरन्तरता दिने प्रस्टाए।परदेशी-१ लाई अत्याधिक रुचाएसंगै शिवरात्रीकै दिनलाई मुख्य शुभ दिन पारी उक्त चलचित्रको मुर्हुत गरेको निर्माता तथा निर्देशक नारायण रायमाझीले जानकारी दिए।

-अन्नपूर्णपोष्टबाट साभार गरिएको हो

Facebook Comments

फेसबुक