काठमाडौँ । धेरैको मन मुटुमा बस्न सफल निकै लोकप्रिय नाम हो यो । नेपाली गीत संगीतमा थोरै मात्र यस्ता कलाकार छन ति भित्र एक नम्वरमा पर्दछन पुश्कल शर्मा ।

आफुलेनै उत्कृष्ट अभिनय,निर्देशन,लय तथा शब्द सिर्जना गर्न सक्ने तेतीमात्र होइन निकै सुमधुर स्वरमा आवाज समेत दिन सक्ने लोकप्रिय गायक शर्माले पछिल्लो समय अभिनय र निर्देशन मार्फत पनि सबैको मनमा छुट्टै स्थान बनाउन सफल भएका छन ।

उनै बहुप्रतिभाका धनि लोकप्रिय गायक पुस्कल शर्माको समाज परिर्वतनको लागी कोशेढुङ्गा सावित हुने नयाँ गीत दलित भर्खर मात्र सार्वजनिक भएको छ ।

हाम्रो समाजमा जातियताको आधारमा विभेद गरिने चलन रहेको छ जुन कुरा कानुनीरुपमै गलत हो । आजको दिन सम्म आइपुग्दा पनि नेपालमा अझ पनि छुवाछुत र उचो निचोको भेदभाव हुँदै आएको कुरा सर्ब्विदितै छ । समाजमा रहेको यहि विकृतिलाई चिर्नको लागी शर्माले नयाँ गीत लिएर स्रोता दर्शक माझ आएका छन ।

दलित भनेर हेला गरेका एक युवाले उच्च जात भनिने युवतीसँग प्रेम गर्दछन अनि त्यो प्रेम सफल बनाउन आफ्नो बलिदानी समेत दिन्छ । यहि मुख्य विषयमा उनको पछिल्लो गीत केन्द्रित छ । गीतको सम्पुर्ण पक्ष निकै उत्कृष्ट रहेको छ ।

पुश्कल शर्माको लय तथा शब्द सिर्जना साथै निर्देशन समेत रहेको गीतमा पुश्कल शर्मा र सारिका केसीको अभिनय देख्न सकिन्छ । शर्माकै यु–ट्युबच्यानलबाट सार्वजनिक गरिएको सो गीतले धेरै भन्दा धेरै दर्शक स्रोताको मन जित्नेमा आशावादी रहेको गायक शर्माले बताए ।
भिडियो हेर्नुहास्