काठमाडौं । अहिले सामाजिक सञ्जालहरुमा बुद्धिष्टहरुको धर्म गुरु दलाई लामाको बारेमा विभिन्न चर्चा परिचर्चा भईरहेको छ । केहि दिन अघि लामाले भारतमा आयोजित एक समारोहमा बुद्ध नेपालमा जन्मेको होइन भन्ने अभिब्यक्ति दिएपछि उनले विभिन्न आलोचनाहरु खेप्न बाध्य भएका हुन् ।
तर, उनको यस्तो चर्चा नेपाली मिडियाहरुमा तिब्र रुपमा हुन थालेपछि धर्मगुरु लामाले स्पष्टिकरणनै दिनु परेको छ । उनले आफ्नो अफिसियल वेवसाइटमा सो कुराको बारेमा यस्तो स्पष्टीकरण दिएका छन् ।
गौतम बुद्ध नेपालको लुम्बिनीमा जन्मेका हुन्, तर ज्ञान चाँही भारतमा हाँसिल गरेको हुन् । ‘बुद्ध लुम्बिनीमा जन्मेको कुरा बिश्वले चिन्दछ । तर बुद्ध नेपालको लुम्बिनीमा जन्मेपनि ज्ञान चाँही भारतमा ज्ञान हाँसिल गरेका हुन्’ उनले आफ्नो स्पष्टिकरणमा बताएका छन् ।
साथै, बुद्धले भारतमा हाँसिल गरेको ज्ञानलाई एसिया भरीनै सबैले आत्मशरण गरिएको पनि उनले उल्लेख गरेका छन् । तर उनले समारोहमा दिएका अभिब्यक्तिमा लामाले बुद्ध नेपालको होइन भन्ने अभिब्यक्ति दिदै भारतको रहेको दाबी गरेका छन् ।
सार्वजनिक भिडियोमा लामाले अभिब्यक्ति दिँदै ‘तपाँईलाई था छ, बुद्ध नेपाली हो की इण्डियन ?’ भन्ने प्रश्नकासाथ नेपालीहरुको हाँसो उडाउँदै उनले भनेका थिए ।