२०८० फाल्गुन, १२
||NEWS LUMBINI |

विवेकशील साझाको सुसंस्कृत राजनीतिक यात्रालाई चम्काउदै युवा पुस्ता

विवेकशील साझा पार्टीले प्रस्तुत गरेका सुवुना वस्नेत, शशिविक्रम कार्की, पुकार वम, अनुपमा श्रेष्ठ, सरोज नेपाल, उज्जवल थापा, हरिकृष्ण अधिकारी, हरिष गौतम, समिक्षा वास्कोटा, शरदराज पाठक, निर्देश सिलवाल, मिलन पाण्डे, सरोज कोईराला, निलम अधिकारी, सचेन घले, युवराज खड्का, विष्णु मिश्र, नविन वास्तोला जस्ता ७  दर्जन वढी उमेदवारहरु वदलिदो नेपाली समाजका आशा र भरोशाका साझा अनुहारका रुपमा उदाएका छन ।

स्वदेश विदेशका प्रतिष्ठित विश्व विद्यालयवाट कम्तिमा स्नातक उनीहरु सवैजना उद्यशीलताका अभ्यासकर्ता र दोहनकारिताका प्रखर विरोधी हुन । २६ देखि ४० वर्ष हाराहारीका उनीहरु उमेरका हिसावले मात्रै जुझारु होईनन इमान,जमान,दक्षता र सपनाका हिसावले पनि अब्बल छन ।

ऋषिका भट्टराई, प्रदीप ढकाल, साजन सुव्वा, अमलेश कर्ण, सन्नी लामा, ज्योति परियार, विजयवावु शिवाकोटी, नवराज थापा, मधुसुधन कार्की, केशव पौडेल, विकास रंजित, प्रविन महर्जन, राम वादे, मुकेश चौधरी, प्रतिभा डंगोल, विनोद कर्ण लगायत दर्जनौ युवाहरु रहरका लागि रहर पूरा गर्न आशन्न निर्वाचनमा होमिएका हुदै होईनन । उनीहरु त वदलिदो परिस्थितिमा राष्ट्रिय अभिभारा महसुस गर्दै सुसंस्कृत राजनीतिक अभ्यासमा आफूलाई प्रस्तुत गदै लोकतन्त्रको आवरणमा प्रहसन भइरहेको लुटतन्त्र ढाल्न शीर उच्च राख्दै होमिएका हुन ।

राजकाजको दोहनकारी अभ्यास गरिसकेका परम्परागत पार्टीका ७५ वर्ष उमेर सम्मका उमेदवारहरुसंग चुनावी प्रतिष्पर्धाका लागि मैदानमा होमिएका युवाहरुको त्यति विघ्न ठुलो सपना छैन, छ त मात्र आफ्नै जीवनकालमा संवृद्ध नेपाल वनाएरै मर्ने दृढ अठोट र अटल प्रतिवद्धता ।

यि युवाहरुसंग चुनावका लागि न पर्याप्त खर्च छ , नत यथेष्ठ चुनावी परिचालक तथा स्वयसेवीहरुनै । अत्यन्त कम पैसा, थोरै जनशक्ति र संगठनको अभावमा पनि किन उनीहरु यत्ति सारो उत्साहित मुद्रामा मैदानमा मुस्कुराउदै छात्ति फुकाएर गज्जबले मत माग्न सकिरहेका छन त ?

सत्ताको अभ्यास गरेका, संगठनको साम्राज्य भएका,पैसाको छेलोखेलो भएका, कार्यकर्ताको भिड भएका उमेदवारहरु, यि युवाहरुसंग किन डराई रहेका छन त ? अस्तिसम्म छोरा, भाई भतिज, वहिनी, भान्जीका साथीहरुभन्दा वढी मान्यता नदिएका उनीहरुलाई किन निकटम प्रतिष्पर्धीका रुपमा हेरिरहेका छन त ?

ठुला भनाउदा दल र गठवन्धनको तर्फवाट उमेदवार वनेकाहरुसंग चुनावी मैदानमा उत्रिदा उनीहरुसंग न रत्तिभर डर छ नत कुनै लघुताभाष, मात्र विश्वास छ, हामी सक्छौ, हामी आयौ, हामी जित्छौ, हामीलाई जिताउनुहोस, हामी धोका दिदैनौ । किनकी नेपाली जनताहरु परिवर्तन चाहन्छन, परिवर्तन सम्भव छ, अवको परिवर्तन सामाजिक न्याय सहितको संवृद्धिका लागि ।

अहिलेकै अवस्थामा वडेमानका भनिएका नेताहरुसंग आमने सामने चुनावी पौठेजोरी खेल्न मैदानमा उत्रिएका यि युवाहरुसंग छनचै खाश के छ त ? कुरा सरल छ, इमान, जमान, क्षमता र मर्यादालाई आत्मसात गरेर ठाडो शिर पादै चुनावी मैदानमा उत्रन सक्ने विवेकशील साझाका युवा उमेदवारहरुको सामथ्र्य भनेकै सुसंस्कृत राजनीतिक यात्रा हो ।

 

त्यसैले उनीहरु पूराना दलका लागि डर त्रास र भय भन्दा वढ्दो राजनीतिक चुनौतिको रुपमा चित्रित हुन पुगेका छन । पार्टी देखि वाह्य शक्ति सम्म, कालावजारिया देखि गुण्डा र डन सम्म,स्वार्थ समुहका एजेण्ट देखि जातिवादी समुह सम्मलाई साथ लिएर साम,दाम,दण्ड,भेद प्रयोग गदै जसरी पनि जित्नै पर्छ,कब्जा गर्ने पर्छ,इमान जमान र क्षमता भएका युवाहरु राजनीतिमा स्थापित भए भने हाम्ले खाइपाइ आएका,े शासन गर्दै आएको, दोहन गदै आएको लुटतन्त्र फेरि लोकतन्त्रमा परिणत होला कि ? भन्ने सवैभन्दा ठुलो चिन्ताले उनीहरुलाईनै वढी पिरोलेको प्रष्ट देखिन्छ ।

नत्र गोरु वेचेको साईनो खोज्दै,वकाईनोको रुखमा रुमाल सुकाएको सन्दर्भ जोडेर रातारात दामपन्थी, हामपन्थी र खामपन्थी गठवन्धन सम्भव थियो र ? अनि एकाएक एक दशकदेखि राज्य तमाशामा सरिक उपप्रधानमन्त्रीमण्डलका स्थायी सदस्य विजय गच्छदार एक सातामै रातो कार्पेट विच्छाएर संसदीय क्षेत्र निश्चित गदै कांग्रेस पदाधिकारीको सूचीमा चुड्कीकै भरमा छिरेका त पक्कै होइनन् होला ? जिन्दगीभर राजनीतिक धारका रुपमा सत्रुवत रुपमा पढाईएका पशुपति राणालाई जिताउनै पर्ने उर्दी दिन र आफ्ना नेता कार्यकर्ताको कत्लेआम गर्ने नेता वावुराम भट्टराईलाई नजिताई नहुने अवस्था कसरी आउथ्यो नि लोकतन्त्रको पर्याय दावी गर्ने कांग्रेसलाई । लारक्याल,मनाङ्गे,गणेश लामा विना राजनीतिनै चल्दैन आजकाल राज वचन भइसकेको छ ।

इतिहासमै व्यवसायिक र सामाजिक जीवनमा जमेका उद्यमशील युवाहरुको जबरजस्त हस्तक्षेप परम्परागत पार्टीहरुलाई यत्तिसारो खरो चुनौति सम्भवत परेको थिएन । के यस्ता शिक्षित, उद्यमशील,दक्ष र इमान–जमानलाई शिरोधार्य गदै दुषित राजनीतिलाई सफा गर्न मैदानमै उत्रिएका युवाहरुलाई यत्तिकै छोडिदिएर मात्रै पुग्छ अह“ कदापी ।

राम्रा, अशल,इमानदार र सक्षम भनिएका मानिसलाई एक प्रकारको प्रतिवन्ध झै लगाईएको कुसंस्कृत राजनीतिको अभ्यासलाई फेर्न जुटेका यि अब्बल युवाहरुको हौसलालाई होस्टेमा हैसै गर्न यस पटक उनीहरुलाई जितााऔ । युवाहरुको सपनाको हत्या हुनवाट बचाउँ  किनकी यो चुनावमा हामी पछि पर्र्यौ भने हामीले अर्को ५ वर्ष कुर्नु पर्ने छ, अनि राष्ट्र २० वर्ष पछि धकेलिनेछ । के हाम्रै जीवनकालमा संवृद्ध नेपाल नहेरी मर्न तपाईलाई रहर छ र ?अवश्य छैन । आउनुस मौका नगुमाऔ/तराजुमा जोखेर विवेकको भोट हालौ । युवा अघि सर्छ , देश अघि वढ्छ । अवको आशा विवेकशील साझा ।

Facebook Comments Box

फेसबुक