२०८० असोज, ६
||NEWS LUMBINI |

शान्तिको खोजीमा हाइकु

बुद्धपूर्णिमाका अवसरमा नेपाल हाइकु केन्द्रको आयोजनामा भएको ‘शान्ति हाइकु यात्रा’मा सहभागी हाइजिनहरुले सोमबार गोदावरी–३, शान्तिवनमा बुद्ध र शान्तिसम्बन्धी हाइकु रचना गरे ।

बुद्धपूर्णिमाका अवसरमा नेपाल हाइकु केन्द्रको आयोजनामा भएको ‘शान्ति हाइकु यात्रा’मा सहभागी हाइजिनहरुले सोमबार गोदावरी–३, शान्तिवनमा बुद्ध र शान्तिसम्बन्धी हाइकु रचना गरे ।

केन्द्रका अध्यक्ष रामकुमार पाँडेको नेतृत्वमा जानुभएका सुवर्णराम जोशी, गुप्तबहादुर श्रेष्ठ, मित्रबन्धु पौडेल, श्याम रिमाल, ऋषि बराल, किरण पौडेल, शिरोमणि दवाडी, हेमाङ्गराज गिरी, सुमी लोहनी र सुषमा मानन्धरले बुद्धले पाएको ज्ञान नेपालीले बुझ्न नसकेको, हिंसा र अपराध बढेको, सिद्धार्थ गौतम बुद्ध नेपालमा जन्मेको कुरामा भ्रम छर्न खोजिएको, भोको मान्छेलाई पहिले ज्ञानभन्दा भोजन नै मुख्य कुरा भएको, ईश्वरप्रति आस्था नभएका बुद्धलाई फूलबत्ती चढाउने गरिएको, विलासी जीवन भएका सन्तहरुले ज्ञान बाँडेको जस्ता विषय हाइकुमा अटाएका थिए ।

उनीहरुले नेपालमा जन्मेका ऐतिहासिक व्यक्तित्व बुद्धले दिएको वास्तविक ज्ञान बुझेर आफूभित्रको तृष्णा हटाई दुःख अन्त्य गर्न सक्ने सन्देश दिँदै भोक निवारण, शान्ति र दीर्घायु पूर्ण जीवनको आधारभूत तत्व भएको पनि सन्देश दिए ।

रत्नविशेषज्ञ विजय वज्राचार्यले नेपालका गोदावरी, धुलिखेल र लुम्बिनी तथा कम्बोडिया र थाइल्याण्डमा ठूलो बुद्धको मूर्ति बनाई शान्तिवन स्थापना गर्नुभएको हो जसले भोकले कोही मानिस नमरुन् भन्ने कामना गर्दै भोकरहित समाजबाट नै शान्ति प्राप्त हुन्छ भन्ने धारणा राखेका छन् ।

एक घण्टाभित्र प्रत्येक हाइजिनले प्रत्येक हाइकुको पृष्ठभूमिसहित १०–१० हाइकु रचना गरेका थिए ।

हाइकु केन्द्रका अध्यक्ष पाँडेले यात्राबाट नै हाइकु सिर्जना गर्न सहज हुने बताउँदै छोटो काव्य हाइकुबाट पनि विश्वमा शान्तिको सन्देश दिन सक्ने बताए ।

केन्द्रको आयोजनामा यसअघि छ ऋतु, भूकम्प, घोडाका विषयमा तथा हाइकुयात्राका क्रममा चोभार र सदर चिडियाखाना हाइकु सिर्जना गरिएको थियो ।
चिनेँ चिनिन
मभित्रको बुद्धत्व

Facebook Comments Box

फेसबुक