२०८१ भाद्र, २९
||NEWS LUMBINI |

शुभकामना आदान प्रदान एबम नयॉ वर्ष सांगेतिक कार्यक्रम सम्पन्न

बसन्त थापा- नेपाल कुवेत संस्कृतिक मंचले आफ्नो १६ औ प्रस्तुति स्वरुप नया वर्ष  २०७५ को बिशेष सांगीतिक कार्यक्रम कुवेत जिलिब स्थित पोपिन हलमा आज ६ अप्रिल,२०१८ शुक्रवारका दिन भब्य रुपमा सम्पन्न गरेको छ।
बिगतका दिनहरुमा पनि उक्त संस्थाले विभिन्न कार्यक्रम गरि नया वर्ष तथा बिशेष दिनहरुमा स्थानिय कलाकारहरुका साथ सांगीतिक कार्याक्रमहरु मनाउदै आइरहेको छ।
सभापति प्रामुख अथिति र अथितिहरुले संयुक्तरुपमा द्दिपप्रज्वलन गरि कार्याक्रमको उद्धाटनसंगै नेपाली राष्ट्रिय गान बजाई कार्यक्रम को सुरुवात गरिएको थियो ।
कार्यवाहक उपाध्यक्ष डोलराज न्यौपानेको सभापतित्व रहेको उक्त कार्यक्रमका प्रमुख अथिति नेपाली दुतावासका प्रथम सचिव भोगेन्द्र लिङ्गदेन रहेका थिए भने उक्त कार्यक्रममा संस्थाका बरिष्ठ संरक्षक टिकाराम आचार्याले स्वागत मन्तब्य राखेका थिए।
कार्यक्रममा कुवैतमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, कलाकार, पत्रकार, र खेलाडी लगायत बुद्धिजीवि व्यक्तित्वहरुको बाक्लो उपस्थित रहेको थियो ।
कार्यक्रममा उपस्थित प्रमुख अथिति भोगेन्द्र लिङ्ग्देन, पत्रकार महासंघका अध्यक्ष हरि कृष्ण न्यौपाने,नैनाकला राइ, रमेश किराती, कोसेली समुहका अध्यक्ष नवराज पन्थी, सुमित्रा पौडेल, रबि बन्जाडे लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

कार्यक्रममा स्थानिय कलाकारहरुले  आफ्नो उत्कृष्ट प्रस्तुतिहरुले उपस्थित सबैलाई मनोरन्जन दिएका थिए ।

त्यसैगरि कुवेतमा आप्रवासी कामदार हरुको हक-अधिकारको लागि काम गरीरहेको हियूमायान लाईन कुवेतबाट चार जना कुवेतीहरु अथितिको  रुपमा उपस्थित थिए |

कार्यक्रमलाइ बिभिन्न माध्यमबाट प्रतक्ष तथा अप्रतक्ष रुपमा साथ र सहयोग गर्नु हुने तथा उपस्थित सम्पूर्ण अतिथिहरुलाई धन्यबाद ज्ञापन गर्दै संस्थाका  उपाध्यक्ष डोलराज न्यौपानेले, कार्यक्रम समापनको घोषणा गरेका थिए।
-तितोपाटी डटकमबाट साभार गरिएको
Facebook Comments Box

फेसबुक