२०८१ बैशाख, ३
||NEWS LUMBINI |

श्रमिक, कामदार सुरक्षाको प्रत्याभूत सरकारले गर्ने : श्रममन्त्री बिष्ट

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण बिष्टले श्रमिक, कामदारको सुरक्षाको प्रत्याभूत सरकारले गर्ने बताउनुभएको छ ।

१८ औं राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह अन्तर्गत आज काठमाडौमा आयोजित प्रभातफेरीमा बोल्दै मन्त्री बिष्टले मापदण्डमा रही औद्योगिक प्रतिष्ठानले श्रमिक कामदारको सुरक्षाको व्यवस्था गर्नुपर्ने बताउनुभएको हो । श्रमिकका लागी कानुनले सुरक्षा र स्वास्थ्यको व्यवस्था गरेको भन्दै बिष्टले औद्योगिक प्रतिष्ठानले यसको पालना गर्नुपर्ने बताउनुभयो । समयानुकुल श्रमिकसम्बन्धी कानुन परिर्वतनका लागी सरकार सदैव तयार रहेको उ“हाको भनाई छ ।

काठमाडौंको टुडिखेलबाट सुरु भएको प्रभातफेरी बिभिन्न स्थान हुदै पूनः टुडिखेलमा पुगी समापन भएको थियो । श्रम विभागअन्र्तगत रहेको आयोजनाले हिजोदेखि बैशाख २१ गतेसम्म नेपालभर सप्ताहव्यापी राष्ट्रिय व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह मनाउ“दै छ ।

Facebook Comments Box

फेसबुक