तीन सय वर्षको इतिहासमा पहिलो पटक उक्त सुन्दर टापु जीवनका लागि अयोग्य बनेको हो । समुद्री आँधी इर्माका कारण क्यारिबियन समुद्रमा अवस्थित बर्मुडा टापु निर्जन बनेको छ । ‘टापुका बस्तिहरु पूर्ण रुपमा ध्वस्त बनेका छन् । यो मानवीय विपत्तिको क्षण हो ।’ अमेरिकाका लागि बर्मुडा र एन्टिगुआका राजदूुत रोनाल्ड स्यान्डर्सले भने ।
गत जुलाईको आँकडाअनुसार उक्त टापुमा ९४ हजार सात सय ३१ जनसंख्याको बसोबास थियो । अहिले ती सबै एन्टिगुआमा सरेका छन् । उक्त टापुको मुख्य आर्थिक स्रोत पर्यटन हो, जसको कुल गाहस्र्थ उत्पादनको ६० प्रतिशत हिस्सा पर्यटनकै छ ।
समुद्री आँधीले उक्त टापुलाई कतिसम्म लथालिंग बनाएको छ भने त्यहाँका बासिन्दाको एक्लो प्रयासबाट पुनर्निर्माण असम्भवप्रायः छ । जबकि, टापुमा बसिरहेका परिवारले जनही ५० लाख डलरभन्दा बढी सरकारलाई उपलब्ध गराउने घोषणा गरेका छन् ।
Facebook Comments Box