नेपाल कुवेत सरोकार समाजको आयोजना मा १८/ १३ तारिकको शुक्रवारको दिन कुवेतको सिटी जिलिब स्थित नट्टिगम स्कूलमा विशेष सांगितिक नया वर्ष मेगा म्यूज़िक सो तथा नया वर्ष २०७५ को शुभकामना आदान प्रदान आयोजना कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।
कार्यक्रममा सस्थाका अध्यक्ष दिल स्यांगबो र प्रमुख अथिति नेपाली कुवेत राजदूतवास बाट महामहिम यज्ञ बहादुर हमाल रहेका थिए ।
राष्ट्रिय गान गाउदै कार्यक्रम अगाडी बढेको थियो र
सभापति र प्रमुख अतिथि द्वारा पानस मा दीप प्रज्वलन गरी कार्यक्रम को शुभआरम्भ गरिएको थियो ।
सभापति, प्रमुख अतिथी,बिशेष अतिथीहरु ले संयुक्तरुपमा द्दिप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै नेपालको राष्ट्रिय गान सँगै कार्यक्रमको सूरूवात गरीएको थियो।
कुवेतका लागी अत्यन्तै लोकप्रिय उद्घोषक सुरेश ग्याबा तामाङले कार्यक्रम संचालन गरेका थिए। भने , स्वागत नृत्यमा डोल्मा तामांग, र सम्पूर्ण अथिति एबम उपस्थिति नेपाली समुदायलाई स्वागत मन्तब्यबाट स्वागत गरेका थिए I
नयाँ वर्षको शुभकामना मन्तब्यको क्रम्मा यज्ञ बहादुर हमाल, राजु थापा, फारुक ओसामा, सूजन केसी, रमेश किराती, लगायत बिशिष्ठ व्यक्तिहरू रहेका थिए।
साथै कार्यक्रममा लालीगुरास सांस्कृतिक संस्थाको नौमती बाजा समुहको साथ प्रमुख अथिति र कलाकार अथिति हरूलाई स्वागत गरीएको थियो।
उक्त कार्यक्रममा ६०० भन्दा बढी को संख्यामा नेपाली दिदीबहिनी, आमा बुबा तथा दाजुभाई हरुको उपस्थिति रहेको थियो|
कार्यक्रममा बिभिन्न संघ संस्थाका प्रतिनिधि,बुद्दिजिबि वर्ग लागायत बिशिष्ठ व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा नेपालबाट आमन्त्रित तथा अथिति कलाकार चर्चित लोक दोहरी गायिका तथा मोडल ज्योति मगर, पंप गायक बिजय लामा, स्थानीय कलाकार सोम रसाइली, सन्ध्या मगर, सहित स्थानीय संकल्प बैण्ड द्वारा बिभिन्न नेपाली संगीत सहित आफ्नो कला प्रस्तुत गरी उपस्थित सबैलाई विभिन्न किसिमका पंप गीत र लोक तथा दोहोरी गीतहरु संगै आ- आफ्ना प्रस्तुत संगै नाचगान गरेर भरपुर मनोरन्जन गराएका थिए।
समाजले वातानिया एयरवेजका ड़ाईरेक्टर फारुक ओसामा, लाई र सूजन केसी, लाई सम्मान सहित मायाको चिनो प्रधान गरेको थियो भने, नेपाल बाट उपस्थित अतिथी कलाकार ज्योति मगर, र बिजय लामा, लाई कुवेतमा रहेका ३ ओटा संस्थाले सामूहिक रूपमा माया को चिनो सोरूप सम्मानपत्रबाट विशेष सम्मान गरेका थिए।
सम्मान गर्ने मध्य नेपाल कुवेत सरोकार समाज, आदिवासी जनजाती महासंघ कुवेत,नेपाल तामाङ घेदुङ कुवेत र अन्य थुप्रै बिशिष्ठ व्यक्तिहरूले मायाको चिनो र खादा दोसल्ला ओढाएर विशेष सम्मान गरेका थिए।
साथै सस्थाका अधक्ष्य तथा कार्यक्रमका सभापति दिल स्यांगबोले आफ्नो मन्तब्य को क्रममा नयाँ बर्षको सुभकामना दिएका थिए । साथै सस्थाले साल भरि गरेका दैविक प्रकोप ,स्वास्थ्य क्षेत्र तथा गरिब ,निमुखा बालबालिकालाई सस्थाले गरेको सहयोगको बारेमा सबैलाई जानकारी गराएका थिए, साथै आगामी दिनहरुमा पनि अझै धेरै राम्रा कामहरु गर्न को लागि सबैबाट सुझाव,सल्लाह को अपेक्षा राखेको र सबैलाई आ –आफ्नो ठाउँ बाट सक्दो सहयोगको गरिदिनुहुन अनुरोध पनि गरेका थिए र कार्यक्रममा प्रमुख अतिथि लगायत बिभिन्न संघ सस्थाका प्रतिनिधिहरु ले आफ्नो मन्तब्यको क्रममा नयाँ वर्षको सुभकामना दिएका थिए।
कार्यक्रमको अन्तमा समाजका अध्यक्ष दिल स्यांगबोले प्रमुख अतिथि, विशेष अतिथिहरु, अतिथिहरु नेपाल बाट पल्नु भएका कलाकार लगायत सहभागि सबैलाई धन्यवाद ब्यक्त गर्दै कार्यक्रममा उपस्थिती जनाई सफलताका साथ सम्पन्न पार्न प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा आर्थिक, भौतिक, नैतीक एवं बौद्दिक क्षेत्रबाट सहयोग गर्नुहुने सम्पूर्ण नेपाली सँघ-संस्था, नेपाली दूतावास, समाजसेवी, बुद्दिजिबी, कलाकार, पत्रकार एवं उपस्थित सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरुलाई धन्यवाद ज्ञापन गर्दै, भविष्यमा नेपाल कुवेत सरोकार समाज को तर्फ बाट आयोजना हुने हरेक गतिविधिहरुमा यहाँहरुले यसरी नै सहयोग गर्नुहुने छ भन्ने अपेक्षा राख्दै अध्यक्ष स्यांगबोले कार्यक्रम समापन गरेका थिए ।
शाभार -तीतोपाटी डट कम