२०८० असोज, ६
||NEWS LUMBINI |

सवारी साधनमा चेक जाँच कडा

पप्पु गुरुङ – दोधारा,मंसिर ४ – आसन्न प्रदेश र प्रतिनिधी सभालाई लक्षित गर्दै माहाकालीमा प्रहरीले सवारी साधनमा चेक जाँच कडा पारेको छ । माहाकाली नगरपालिका क्षेत्रमा गुड्ने सवारी साधनहरुमा प्रहरीले चेक जाँच कडा पारेको हो । माहाकाली नगरपालिका बिभिन्न स्थानमा आकस्मीत चेकिङ्ग, नियमित चेकिङ्ग सुरु गरिएको ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दले जानकारी दिएका छन् ।

प्रहरीले माहाकाली नगर क्षेत्रमा रातीको समयमा समेत सवारी साधानहरुमा चेक जाँच सुरु गरेको बताएको छ् । आसन्न निर्वाचनमा अपराधिक गतिबिधी रोक्न सवारी साधानहरुमा चेक जाँचमा तिब्रता दिएको ईलाका प्रहरी कार्यालयले जनाएको छ । ‘सशस्त्र र नेपाल प्रहरीले सयुक्तरुपमा सवारी साधनहरुमा चेक जाँच थालेका छौं’ ईलाका प्रहरी कार्यालय दोधारा चाँदनीका प्रहरी निरिक्षक नरेन्द्र बहादुर चन्दले भने । प्रहरीले सिमा क्षेत्रमा समेत सवारी चेक जाँच थालेको छ । सिमापारीबाट आवत–जावत गर्नेहरुको बिशेष निगरानी बढाएको हो ।

माहाकाली नगरपालिका बिभिन्न स्थानमा चेक पोष्ट थापेर बढ्दो सवारी दुर्घटना, बिना हेल्मेट मोटरसाईकल चलाउने, बिना ईजाजत पत्र बोकेर गाडी चलाउने तथा चोरीको सवारी साधन नियन्त्रण गर्न र बिशेष गरेर आसन्न प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनलाई लक्षित गर्दै सवारी साधन चेक जाँच कार्यलाई तिब्र पारेको छ ।

सशस्त्र प्रहरी सिमा सुरक्षा बल बोडर आउट पोष्ट दोधारा चाँदनीले पनि नेपाल प्रहरी संग सहकार्य गरेर सयुक्तरुपमा सवारी साधनहरुमा चेक जाँच बढाएको जनाएको छ् । निर्वाचनमा अवैध हातहतियार, विस्फोटक पदार्थका ओसार पसार नियन्त्रण रोक्न सिमा वडाहरुमा ‘चेक प्वाइन्ट’ खडा गरी कडा सुरक्षा जाँच गर्ने व्यवस्था मिलाएको माहाकाली नगरपालिका सुरक्षा श्रोतले जनाएको छ् ।

‘निर्वाचनलाई लक्षित गर्दै नियमित राती, दिउसो कुनै पनि बेला सवारी साधन चेक जाँच सुरु गरेका छौं’ बाबाथान प्रहरी कार्यालय दोधाराका ईन्चार्ज मान बहादुर बोग्टीले भने ।

प्रदेश सभा र प्रतिनिधी सभा निर्वाचनमा लागु औषध र अवैध हातहतियार भित्रिन सक्ने कुरालाई ध्यानमा राखी सवारी साधनहरुमा चेक जाँच कडा पारिएको नेपाल प्रहरी र सशस्त्र प्रहरीका अधिकारीहरुले जनाएका छन् ।

Facebook Comments Box

फेसबुक