२०८० मङ्सिर, २१
||NEWS LUMBINI |

सहकारी बैंकको १५ औँ वार्षिक साधारणसभा पुस तेस्रो साता

Tन्युजलुम्बिनी- ललितपुर, १६ कार्तिक । राष्ट्रिय सहकारी बैंक लिमिटेडको १५ औं वार्षिक साधारणसभा आगामी पुसको तेस्रो साता काठमाडौंमा हुने भएको छ । बैंक सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकले बैंकको १५ औं वार्षिक साधारणसभा आउँदो पुस २१ र २२ गते काठमाडौंमा सम्पन्न गर्ने निर्णय गरेको हो ।

बैंकका अध्यक्ष रमेश प्रसाद पोखरेलको अध्यक्षतामा सम्पन्न बैठकले साधारणसभा सम्पन्न गर्नका लागि व्यवस्थापनलाई आवश्यक तयारी गर्न तथा देशभरका सबै शेयर सदस्य संघ संस्थाहरुका प्रतिनिधिहरुलाई जानकारी गराउन आग्रह गरेको छ ।

बैंकको साधारणसभामा देशभरका सहकारी संघ संस्थाहरुका प्रतिनिधिहरुको सहभागिता रहनेछ । साधारणसभाले गत आर्थिक वर्षको वित्तीय लगायत सम्पूर्ण कारोबारको अनुमोदनका साथै चालु आर्थिक वर्षको योजना समेत पारित गर्नुका साथै बैंकको सञ्चालक समिति र लेखा समितिको निर्वाचन गर्ने कार्यक्रम रहेको छ ।

बैंकमा हाल १० हजार २ सय १२ वटा सहकारी संघ संस्था सदस्य रहेका छन् । वार्षिक साधारणसभाको निर्णय भएपछि सदस्य बन्न नपाइने व्यवस्था सहकारी बैंकको विनियममा रहेको प्रवन्ध सञ्चालक केबी उप्रेतीले जानकारी दिए ।

बैंकमा हालसम्म १ अर्ब १५ करोड ४५ लाख शेयर पूँजि, १९ अर्ब, ८७ करोड, ८१ लाख निक्षेप र १३ अर्ब ७० करोड ९५ लाख कर्जा लगानी रहेको छ । बैंकले आफ्ना शेयर सदस्य संघ संस्थाहरुलाई २०७३÷०७४ मा १४ प्रतिशत लाभांश दिएको थियो । आ.व.२०७४÷०७५ को कारोबारबाट १५ प्रतिशत लाभांश दिने तयारी गरिएको प्रवन्ध सञ्चालक उप्रेतीले जानकारी दिए ।

४४ वटा शाखा र केन्द्रीय कार्यालयमार्फत सहकारी संघ संस्थाहरुलाई वित्तीय सेवाका साथै सहकारी प्रवद्र्धनका विभिन्न क्षेत्रमा काम गर्दै आइरहेको सहकारी बैंकले प्रदेश स्तरीय कार्यालय सञ्चालन गर्ने निर्णय गरी प्रक्रिया अगाडि बढाएको छ ।

Facebook Comments Box

फेसबुक