२०८० असोज, ७
||NEWS LUMBINI |

साँस्कृतिक मन्चले सेक्टेम्बर १४ तारिख तीज बिशेष कार्यक्रम गर्ने

दयानिधि काफ्ले- नेपाल कुवेत साँस्कृतिक मन्चले तीज बिशेष कार्यक्रम गर्ने भएको छ ।  हरेक वर्ष जस्तै यस वर्ष पनि आगामी सेक्टेम्बर १४  तारिख शुक्रबार  स्थानिय कलाकारहरुको प्रस्तुतिहरुका साथ तिज बिशेष साँस्कृतिक कार्यक्रमको आयोजना गर्ने भएको  छ । 

स्थानीय कलाकारहरुको जोडदार प्रस्तुतिमा रहने तिज बिशेष सांगीतिक कार्यक्रममा कुवेतबासि महिला दिदीबहिनीहरुलाई नचाउन नेपाल कुवेत साँस्कृतिक मन्चका कलाकारहरु तयारीमा जुटेको आयोजकले जनाएको छ।   सेक्टेम्बर १४  तारिख शुक्रबार हुने तीज बिशेष कार्यक्रममा सम्पूर्ण कुबेतबासी महिला नेपाली दिदि-बहिनीहरु रातो चोलो, रातो सारी र रातै पहिरनमा उपस्थिति हुन्  मन्चका अध्यक्ष् गोबिन्द बरालले अनुरोध समेत गरेका छन्  मन्चको यो १७ औं प्रस्तुति रहनेछ ।

तपशिल :-
मिति : १४ सेक्टेम्वर २०१८, शुक्रबार

समय : दिउँसो ०१:०० बजे

स्थान : फरवानिया युनिक अडिटोरियम हल (अल हाइतमको पछाडी )

Facebook Comments Box

फेसबुक