२०८० असोज, ६
||NEWS LUMBINI |

सांसद नविना लामाले विवाह खर्च कटाएर मृगौला पिडित अनेरास्ववियु पाल्पा अध्यक्षको उपचारमा सहयोग

अनेरास्ववियु अध्यक्ष तथा सांसद नवीना लामाले आफ्नो विवाह खर्च कटाई मृगौला फेल भएका बिरामीलाई १ लाख ५१ हजार एक सय ११ रुपैयाँ सहयोग गरेकी छन् ।

 

दुबै मृगौला फेल भएर वीर हस्पिटलमा उपचाररत अनेरास्ववियु पाल्पाका अध्यक्ष २५ बर्षीय प्रेम बगालेलाई उनले उक्त सहयोग प्रदान गर्ने निर्णय गरेकी छिन् ।
अध्यक्ष लामा र अनेरास्ववियु केन्द्रीय सदस्य प्रविन श्रेष्ठको विवाहभोज आज भइरहेको छ । विवाहकै दिन अध्यक्ष लामाले उक्त सहयोग मृगौला फेल भई उपचाररत अनेरास्ववियु पाल्पाका अध्यक्ष बगालेलाई प्रदान गरेकी छन् ।

Facebook Comments Box

फेसबुक