२०८१ भाद्र, २९
||NEWS LUMBINI |

सांस्कृतिक मंच कुवेतले अथिति कलाकारका साथ १७ आै हरितालिका तीज मनाउने

बसन्त थापा- हरेक बर्ष झै २०७५ को हरितालिका तीजको अवसरमा कुवेतको सबै भन्दा पुरानो सांस्कृतिक संस्था नेपाल कुवेत सांस्कृतिक मन्च कुवेतले आगामी १४ सेप्टेम्बर,२०१८ शुक्रवारका दिन आफ्नो १७ आैं प्रस्तुती स्वरुप”तीज विशेष कार्यक्रम-२०७५” गर्ने भएको छ।उक्त कार्यक्रममा नेपालबाट अतिथी कलाकार ल्याइने र अतिथी कलाकारका साथमा स्थानीय कलाकारहरुको उत्कृष्ट प्रस्तुती रहने छ।

“हाम्रो संस्कृति,हाम्रो पहिचान” भन्ने मुल नाराका साथ स्थापित नेपाल कुवेत साँस्कृतिक मन्चको आज एप्रिल २० तारिक,२०१८ का दिन बसेको बैठकले अतिथी कलाकारका साथमा तिज बिशेष कार्यक्रम गर्ने निर्णय गरेको हो भने कलाकार कसलाई ल्याउने अनी कुन स्थानमा गर्ने भन्ने जानकारी छिट्टै गराइने मन्चले बताएको छ।

नेपाल कुवेत सांस्कृतिक मन्च कुवेतका उपाध्यक्ष डोल राज न्यौपानेले तीतोपाटी डटकम संग भने”आगामी सेप्टेम्बर १४ तारिख शुक्रवार दर खाने दिन पारेर कार्यक्रमको आयोजना गरिन लागेको हो।उनले थपे”कलाकार र स्थान केही समयमा तोकिने छ भने कार्यक्रम हरेक बर्ष जस्तै निशुल्क रुपमा गरिने छ।”विदेशमा रहदाँ पनि आफनो कला-सँस्कृतिको संरक्षण मात्र नभइ नेपाली रिती-रिवाज तथा मौलिक परम्पराको जगेर्ना गर्दै तिजमा विशेष गरी कुवेतमा काम गर्दै आएका नेपाली महिला दिदी-वहिनीहरुलाई एक-आपसमा भेटघाट गर्दै बढी भन्दा बढी मनोरन्जन दिने ब्यबस्था मिलाइने छ।”

यसै बिच महिलाहरुको बिशेष पर्ब हरितालिका “तीज बिषेश कार्यक्रम-२०७५ मा” सम्पूर्ण महिला दिदी-बहिनीहरूलाई रातो चोली र साडीमा उपस्थित हुन अनुरोध गर्दै सास्कृतिक मन्चले कुवेतमा रहेका सम्पूर्ण नेपाली संघ-सस्थाहरु,सस्थाका प्रतिनिधिहरु,बुद्धीजीवी,समाज सेबिहरु लगायत पत्रकार, खेलाडी तथा कलाकारहरुलाई स्वस्फुर्त रुपमा उपस्थित हुँदै कार्यक्रम सफल बनाउन सबैले आ-आफ्नो ठाउँबाट सक्दो साथ-सहयोग गर्न अनुरोध गर्दै उक्त दिन कुनै पनि कार्यक्रम नजुधाउन सबैलाई अनुरोध गरेको छ।

शाभार-तीतोपाटी डट कम

Facebook Comments Box

फेसबुक