२०८१ भाद्र, २९
||NEWS LUMBINI |

साउदी जेलमा उन्नाइस महिना देखि नवलपरासीका दामाेदार क्षेत्री

दयानिधि काफ्ले – नेपालमा भने जस्ताे काम र दाम नभए पछि विदेश जाने नेपालीकाे ताति दिन प्रति दिन बढ्दाे छ। केहि पैसा कमाउला परिवार लाई खुसी दिउला भनेर नवलपरासी बर्दघाटका दामाेदार क्षेत्री साउदी गएका थिए। तर उहाँकाे सपना पुरा हुन त काहाँ हाे। काहाँ
त्यसमा आर्को बज्रपात खनियाे कम्पनीकाे काममा हिडेका दामाेदार अचानक सवारी दुर्घटनामा परेका थिय । अाफुले चलाएकाे गाडी पाकिस्तानी नागरीककाे गाडी सँग जुदन पुग्याे र पाकिस्तानी नागरीककाे मृत्यु समेत भयको थियो । १९(उन्नाईस )महिना देखि साउदी जेलमा रहेका दामोदरको के   प्रक्रिया मिलाउनु पर्ने होर कसरी नेपाल फर्कन मिल्छ भन्ने कुरामा   दामोदरका परिवारले अलमलमा परेका छन ।  साउदी जेलबाट दामोदारलाई नेपाल फर्काउन परिवारलाई नेपाल सरकार लगायत बिभिन्न संघ सस्थासंग हार गुहार गरेका छन। घर बिदामा गएका लुम्बिनी समाज नेपाल कुवेतका अध्यक्ष रुपेन्द्र बिक्रम हमाल संगको छोटो भेटमा घर परिवारले दामोदरको रिहाइका लागि आवस्यक कदम चाली सहयोग गर्न आग्रह गरेका छन। हमालले आफु कुबेतमा रहे पनि साउदीमा रहेका संघ सस्था दुताबासलाई आफ्नो तर्फबाट जानकारी गराउने र उनको रिहाईको लागि आफुले सक्दो पहल गर्ने बताएका छन । दामोदरको श्रीमति १ छोरा र १ छोरी छन ।

 

Facebook Comments Box

फेसबुक