२०८० असोज, ६
||NEWS LUMBINI |

सागर आलेका दाजुभाई लण्डनमा, ‘पल्ला घरकी कान्छी नानि’ नम्बर १ ट्रेन्डिङमा

काठमाडौ । नेपाल आइडलको चर्चा अहिले सेलाएपनि सो प्रतियोगिताबाटै सबैभन्दा बढी अहिले सम्म चर्चामा रहन सफल सागर आले मगरको पहिलो गीत केही दिन अगाडी सार्वजनिक भएको थियो । आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको भिडियो केही दिनमै युट्युवको ट्रन्डिङ १ मा परेको छ ।

युट्युव ट्रन्डिङकै कुरा गर्ने हो भने साउथ सुपरस्टार अल्लु अर्जुनको चलचित्र ‘डिजे’ नेपाल युट्युव ट्रन्डिङको २ नम्बरमा झरेका छन् । लामो समयसम्म अल्लुको चलचित्र ट्रन्डिङ १ मा नेपालमा बसेको थियो ।

नेपाल आइडल टप ४ बाट आउट भएका सागर आले मगरको पहिलो गित ‘पल्ला घरकी कान्छी नानी’ सार्वजानीक भएको छ । नेपाल आइडलबाट बाहिरीए पछि देश बिदेशको कन्सर्टहरुमा व्यस्त रहेको सागरले लामो समयपछि आफ्नो पहिलो गित सार्वजानीक गरेका हुन् ।

मनोज थापा मगरको शब्द र संगीत तथा गोपाल रसाइलीको एरेञ्जमा रहेको उक्त गितमा अभिनेत्री मिरुना मगरको साथमा सागर स्वयम आफैले अभिनय गरेका छन् । यस गीतको म्युजिक भिडियो निर्देशन फराज अर्पनले निर्देशन गरेका छन्, भने हरि घले लामाको सिनेमाटोग्राफी रहेको छ । प्रविन श्रेष्ठले सम्पादन गरेको भिडियोमा प्रविन राईले ड्रोन चलाएका छन् ।

Facebook Comments Box

फेसबुक