२०८१ जेष्ठ, १४
||NEWS LUMBINI |

सातै प्रदेशबाट भिजिट नेपाल २०२० को भव्य उद्घाटन हुन्छ : मन्त्री भट्टराई

बुटवल– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले ‘सन् २०२० को जनवरी महिनामा साटवटै प्रदेशबाट भिजिट नेपाल–२०२०’ को भव्य उद्घाटन हुने बताएका छन् । उनले आज बुटवल आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो कुरा बताएका हुन् । मन्त्री भट्टराईले विदेशमा रहेका ५० लाख जनाले एक–एकजना पर्यटक पठाए पनि ५० लाख पर्यटक हुने बताए ।

मन्त्री भट्टराईले भने, ‘उनीहरुलाई भुलाउन बुद्ध सर्किट, बुद्धसँग सरोकार राख्ने स्थानहरुलाई जोड्नुपर्दछ । यदि सच्चा नेपाली भए उहाँहरुले पर्यटक पठाउनुहुन्छ । हैन भने विदेशमा बसेर नेपालका नेतालाई गाली गर्ने,खाल्डाखुल्डीका तस्विर पोष्ट गरेर देश बनेन भन्नु गलत हो ।’

नेकपा स्थायी कमिटिका सदस्य समेत रहेका मन्त्री भट्टराइले नेकपा पार्टी एकता ९० प्रतिशत भन्दा बढी भएको बताउँदै सम्भव भएसम्म दुई वर्षभित्र महाधिवेशन गर्ने पनि उनले बताए । मन्त्री भट्टराईले १० लाख जनता उतारेर निजगढ विमानस्थल शिलान्यास गर्ने बताए । कम्तिमा घुम्न आएको पर्यटक तीन दिन बस्ने र अध्ययन गर्ने पर्यटक तीन महिना बस्ने वातावरण बनाइने जिकिर उनको थियो । फरक प्रसंगमा मन्त्री भट्टराईले सरकारले अब थप गति लिने दाबी गरे । ‘सरकारले ढिलो गति भएपछि दिशा सहि लिएको छ, अब रफ्तारमा अघि बढ्छ’ उनले भने ।

साढे तीन वर्षपछि हुने चुनावमा जनतासँग गरिएका प्रतिवद्धता पूरा गरेर मात्रै भोट माग्न जाने उनले बताए । लुम्बिनी विकास कोषका अध्यक्षसमेत रहेका मन्त्री भट्टराईले  लुम्बिनी, तिलौराकोट, रामग्राम, देवदह, सैनामैना अवलोकन गरी कोषको बैठकमा सहभागिता जनाएका छन्

-रातोपाटीबाट साभार गरिएको हो

Facebook Comments Box

फेसबुक