२०८० फाल्गुन, १०
||NEWS LUMBINI |

सानिमा बैंक र सहारा नेपालबीच रेमिट्यान्स भुक्तानी सम्झौता

७ मंसिर, काठमाडौं । सानिमा बैंक लिमिटेड र सहारा नेपालबीच रेमिटयान्स सेवा सम्झौता भएको छ । सम्झौता अन्तर्गत सानिमा बैंकको रेमिटयान्स सेवा सानिमा एक्सप्रेस मार्फत नेपालभरि तथा विदेशबाट पठाएको रकम सहारा नेपालको ६० शाखा कार्यालयहरु र नेपालभरि रहेका ७ हजार भन्दा बढि भुक्तानी संजाल मार्फत सजिलै भुक्तानी लिन सकिनेछ ।

सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख वित्तिय अधिकृत सरोज गुरागाई र सहारा नेपालको तर्फबाट प्रमुख कार्यकारी अधिकृत महेन्द्र कुमार गिरीले हस्ताक्षर गरेका छन् ।

सानिमा एक्सप्रेसले आन्तरिक रेमिटयान्स सेवाका साथै यूएई, कतार, यूके, कोरिया लगायत विश्वभरबाट रेमिटयान्स सेवा उपलब्ध गराउँदै आएको छ । सानिमा बैंकको हाल ४७ शाखा, १ एक्सटेन्स काउन्टर र ५३ ए.टि.म. रहेको छ ।

Facebook Comments Box

फेसबुक