२०८० असोज, ६
||NEWS LUMBINI |

साहित्यकार जीवि लुगुनलाई ९६ बर्षमा पनि साहित्यकै पिर

इटहरी । कलाको जन्म कल्पनामा हुन्छ । देख्नेलाई कला जहित्यही हुन्छ । नदेख्नेलाई कहि पनि छैन । यो मेरो कल्पनाको संसारमा । पागल सपनाहरुलाई दोबाटोमा दाहसंस्कार नै पो गरिदिँउ जस्तो लाग्दैछ । कल्पना गरेर हावामा टेक्दै कति शिखर चढनु । यी सुन्दर कविताका हरफहरु नेपाली साहित्यका धरोहर जिवि लुगुन ले सिर्जना गर्नुभएको हो । मोफसलमा रहेका कारण पनि राष्ट्रिय स्तरमा उहाँको खासै चर्चा हुँदैन । ९६ बर्षीय उहाँ सुनसरीको इटहरीमा बस्नुहुन्छ ।

९६ बर्ष पुगिसक्दा पनि नेपाली साहित्यप्रतिको उहाँको लगाव कम भएको छैन । हिँडडुल गर्न समेत नसक्ने अबस्थामा पुग्नुभएका उहाँका लागी साहित्य सिर्जना र उत्थान भन्दा अर्को ठुलो कुरा कुनै छैन । सारा जीवन साहित्य सिर्जना र उत्थानमै बिताउनुभएका उहाँले औपचारिक शिक्षा नलिनपनि नेपाली र अग्रेजी भाषा रामो सँग लेख्न र बोल्न सक्नुहुन्छ ।

१६ वटा पुस्तक समेत प्रकाशित गर्नुभएका लुगुनका सयौँ रचनाहरु अप्रकाशित नै रहेका छन । जिवनको उत्तराद्र्धमा पनि साहित्य प्रतिको उहाँको रुचि घटुनको साटो बढेको छ । उहाँले साहित्यको बिकास गर्ने हेतुले लुगुन प्रतिष्ठान समेत खोल्नुभयो । कारणबश प्रतिष्ठान अहिले सञ्चालनमा छैन । लुगुनलाई पच्छयाउँदै हामी उहाँको घरमा पुग्दा उहाँ आराम गरिहनुभएको थियो ।

सुस्त श्रवणका कारण हामीले उहाँसँग सोचेजति कुरा गर्न सकेनौँ । १९८४ सालमा माघमा भोजपुरको ओख्रे हु्रबुमा मातापिता दहबिर र हिरासरीको कोखबाट जन्मिनुभएका उहाँ हाल ईटहरी ४ मा कान्छा छोरासँग बसोबास गर्नुहुन्छ । अधिकांश समय साहित्य सिर्जना र उत्थानमै बिताउनुभएका लुगुनले कुराकानीका क्रममा अब यो समयमा आफुले केही गर्न नसक्ने समय भएपनि साहित्य सिर्जना र उत्थानका लागी काम गर्न सके हुन्थ्यो भन्ने लागिरहने बताउनुभयो । आफुलाई मननपरेका मान्छेहरु सँग खासै हेलमेल गर्न नरुचाउने उहाँ हक्की स्वभावको हुनुहुन्छ ।

उहाँले आफनो अधिकांश उर्जाशिल समय साहित्यमै ब्यतित गर्नुभयो । उहाँलाई भेटनका लागी आउने साहित्यकारहरुको ताँती लामै लाग्छ । साहित्यका पारखीहरुका लागी उहाँका साहित्यले राम्रो स्थान बनाएको छ ।

के हो लुगुन प्रतिष्ठान ?

उहाँले साहित्यको उत्थान र प्रर्बद्धन गर्ने हेतुले लुगुन प्रतिष्ठानको शुरुवात गर्नुभयो । केही बर्षअघि स्थापना भएको प्रतिष्ठानमा अन्य पदाधिकारी सँग उहाँको कुरा नमिलेपछि हाल प्रतिष्ठान निष्क्रिय अबस्थामा रहेको छ । उहाँकी कान्छी बुहारी सुमित्रा राईका अनुसार प्रतिष्ठानमा ३ लाख ५० हजार रुपैँया समेत छ । तर प्रतिष्ठानका पदाधिकारीहरुसँग कुरा नमिलेपछि त्यो सञ्चालन हुन सकेन ।

बाजेको चहाना प्रतिष्ठान सञ्चालन गर्ने छ त्यसका लागी तयारी समेत भईरहेको छ सुमित्राले सुनाउनुभयो । बाजेको हरेक चहानाहरु पुरा गर्ने कोशिसमा छौँ । उहाँको प्रतिष्ठान सञ्चालन गर्ने चहाना पनि पुरा गछौँ ।

Facebook Comments Box

फेसबुक