२०८० मङ्सिर, २१
||NEWS LUMBINI |

सिंहदरबारमा नयाँ मन्त्री स्वागतको रौनक (तस्बिरहरू)

नवनियुक्त मन्त्रीहरूलाई सिंहदरबारभित्र कर्मचारीहरूले फूलमालासहितले स्वागत गरेका छन्।उनीहरूलाई स्वागत गर्नको लागि कर्मचारीहरू लामबद्ध थिए। कोही पुष्पगुच्छा लिएर बसेका थिए भने कसैको हातमा माला थियो। कसैले खादा लिएर उनीहरू स्वागत गर्न बसेका थिए।सिंहदरबारमा छुट्टै चहलपहल थियो। त्यही परिसरमा एउटा अनौठो दृष्य देखियो।

नवनियुक्त कृषि तथा पशुपंक्षी मन्त्री धनश्याम भुसाललाई बधाई तथा स्वागत गर्नको लागि निवर्तमान मन्त्री चक्रमाणि खनाल आफैं सिंहदरबार पुगेका थिए। अरू मन्त्रीहरूलाई पूर्वमन्त्रीहरूले स्वागत गरिएको भने देखिएन।

भुसालको कार्यकक्षमा खनालले अँगालो हालेर उनलाई स्वागत गरे।

‘के होला भन्ने  थियो, तपाईं आउनुभयो अलिकति खुसी भएँ, ’ खनालले भुसाललाई भने।

जवाफमा घनश्यामले भने- म तपाईंका सफलताबाट सिक्छु। तपाईंका असफलताबाट पनि सिक्छु।

त्यसपछि पदभार ग्रहण गर्दै मन्त्री भुषालले आफू पदमा रहुञ्जेल लोभ र डरबाट प्रभावित नहुने बताए।

बुधबार राति नियुक्त भएका मन्त्रीहरूले बिहीबार बिहान राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष सपथ ग्रहण गरेका थिए।

सपथ ग्रहण लगत्तै उनीहरू कार्यभार सम्हाल्न मन्त्रालय पुगेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार राति मन्त्रीमण्डल पुनर्गठन गरेका हुन्।

प्रधानमन्त्रीले पुनर्गठन गरेका मन्त्रिपरिषद्मा वसन्त नेम्वाङ (भौतिक) हृदयेश त्रिपाठी (संघीय), पार्वत गुरुङ (महिला, बालबालिका), घनश्याम भुषाल (कृषि)र लेखराज भट्ट (उद्योग), रामेश्वर राय (श्रम) मन्त्री छन्।

यस्तै, मोती दुगडलाई उद्योग तथा वाणिज्य राज्यमन्त्री, रामवीर मानन्धरलाई सहरी विकास राज्यमन्त्री, नवराज रावतलाई स्वास्थ्य राज्यमन्त्री बनेका छन्।

भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, संघीय मामिला तथा स्थानीय विकास मन्त्री लालबाबु पण्डित, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापा, कृषिमन्त्री चक्रपाणि खनाल, श्रम तथा समाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट र उद्योगमन्त्री मातृका यादव मन्त्रीबाट हटाइएका छन्।

स्वास्थ्य राज्यमन्त्री सुरेन्द्र यादव, पर्यटन राज्यमन्त्री धनबहादुर बुढा र कृषि राज्यमन्त्री राजकुमारी चौधरीलाई हटाइएको छ।

उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवलाई कानुन मन्त्री बनाइएको छ। कानुन मन्त्री भानुभक्त ढकाललाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारी दिइएको छ।

हेर्नुस् तस्बिरहरू:

https://raracms.setopati.com/uploads/shares/2019/01/sujita/sighdurbar/sighdurbar (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/sighdurbar/sighdurbar (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/sighdurbar/sighdurbar (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/sighdurbar/sighdurbar (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/sighdurbar/sighdurbar (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/sighdurbar/sighdurbar (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/sighdurbar/sighdurbar (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/sighdurbar/sighdurbar (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/sighdurbar/sighdurbar (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/sighdurbar/sighdurbar (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/sighdurbar/sighdurbar (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/sighdurbar/sighdurbar (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/ghanashyam/ghanashyam (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/ghanashyam/ghanashyam (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/ghanashyam/ghanashyam (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/ghanashyam/ghanashyam (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/ghanashyam/ghanashyam (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/ghanashyam/ghanashyam (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/ghanashyam/ghanashyam (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/ghanashyam/ghanashyam (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/ghanashyam/ghanashyam (1).jpghttps://raracms.setopati.com/uploads/shares/2019/01/sujita/ghanashyam/ghanashyam (1).jpg

पदभार ग्रहण गर्दै राज्यमन्त्री दुगड। तस्बिर : रासस
तस्बिर : रासस

तस्बिर : नारायण महर्जन/सेतोपाटीबाट
Facebook Comments Box

फेसबुक