२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

सिण्डिकेट अन्त्यगर्न सरकारले ल्याएको निर्देशिकाको विरोधमा व्यवसायीहरुको आन्दोलन जारी

सार्वजनिक यातायात क्षेत्रको सिण्डिकेट अन्त्यको लागि सरकारले ल्याएको नयाँ निर्देशिकाको विरोधमा व्यवसायीहरुले आन्दोलन जारी राखेका छन् ।

यातायात क्षेत्रको मनोमानि अन्त्य गरी सर्वसाधारणलाई गुणस्तरिय सेवा दिने भन्दै सरकारले चालेको पछिल्लो कदमविरुद्ध यातायात व्यवसायी आन्दोलनमा उत्रिएका हुन् । व्यवसायीले आज पनि विहान २ घण्टा कोटेश्वर पूर्वका सडकमा सार्वजानिक सवारी सञ्चालन अवरुद्व गरे ।

देशभरीको यातायात क्षेत्रमा रहेको सिण्डिकेट हटाउने सरकारको निर्णयसंगै सरकार र यातायात व्यवसायीबीचको द्वन्द्व उत्कर्षमा पुगेको हो । बैशाख १३ देखि सार्वजानिक सवारी सञ्चालनमा रोक लगाउदै आएका व्यवसायीले १६ गते वाग्मती अञ्चल यातायात कार्यालय घेराउ गर्ने जनाएका छन् ।

Facebook Comments Box

फेसबुक