काठमाडौं- सिद्धार्थ राजमार्ग अन्तर्गत बुटवल–पाल्पाको खण्डको सिद्धबाबा सडकलाई धेरैले ‘मृत्युमार्ग’का रुपमा परिभाषा दिन्छन् । हुन पनि हो यहाँ वर्षनी यात्रुहरुले अकालमै ज्यान गुमाईरहेका छन् ।
घाम वा पानी, हिउँद वा वर्खा जुनसुकै वेला ढुंगे पहिरो खस्छ । गाडीलाई च्याप्छ । यो सडकखण्डमा यात्रा गर्नेहरु भगवान पुकारेर यात्रा गर्न बाध्य छन् । यस्तै यथार्थ विषयलाई लिएर कलाकारहरुले नेतालाई प्रश्न गर्दै गीत नै बनाएका छन् ।
स्कटिङले नेता ज्यू टर्ने
कहिलेसम्म जनताको ज्यान मर्ने?
विकास मन्द मन्द, ए नेता ज्यू विकास मन्द मन्द
कहिले बन्छ बाटो यो सिद्धबाबा खण्ड?
यो गीतमा सिद्धबाबा सडकखण्डमा यात्रा गर्नेले अनायासै ज्यान गुमाउनुपरेको यथार्थतादेखी बाध्यताले यात्रा गर्नुपरेको कुराहरुलाई उठान गरिएको छ । त्यतिमात्र होइन् सिद्धबाबा सडक नबन्दा पाल्पा, गुल्मी, स्याङजा जिल्लाको विकासमा समेत बाधा पुगिरहेको बताईएको छ ।
हेर्नुहोस् भिडियो:
-लोकान्तरबाट साभार गरिएको हो