२०८१ असोज, ३०
||NEWS LUMBINI |

सिन्धुपाल्चोक सेवा समाज कुवेतको प्रथम अधिवेशन सम्पन्न

बैदेशिक रोजगारीको सिलसिलामा सिन्धुपाल्चोक जिल्लाबाट कुवेत आइ कार्यरत नेपालीहरुको संस्था सिन्धुपाल्चोक सेवा समाज कुवेतको प्रथम अधिबेशन १६ मार्च शुक्रबारका दिन  सम्पन्न भएको छ । नेपाली दुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रमको माधव पौड़ेल अध्यक्षता र माधव शर्माले  संचालन गरेका थिए । उपस्थित सबैलाई राजकुमार श्रेष्ठले मन्तव्यबाट  स्वागत गरेका थिए  कार्यक्रममा बोल्दै प्रमुख अथिति नेपाली दूतावास कुबेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माले सामाजिक कार्यमा सिन्धुपाल्चोक समाज कुवेतले स्थापनाको छोटो समयमा राम्रो काम गर्दै आएको बताएका थिए, साथै समाजको यो रफ्तार नयाँ कार्यसमितिले अझै बढाउने शुभकामना व्यक्त गरेका थिए । पत्रकार महासंघ कुवेतका अध्यक्ष समेत रहेका समाजको बिधान संयोजक हरीकृष्ण न्यौपानेले सस्थाको उद्देश्य बारे प्रस्ट पारेका थिए । इन्द्र पोख्रेल, लोमस बास्तोला, दिल स्याङ्वो, डिबि लोप्चन, श्याम बहादुर लामा, रुपेन हमाल, रमेश किराँती लगाएतले  शुभकामना मन्तब्य राखेका थिए।

सोही  कार्यक्रममा समाजलाई साथ सहयोग गर्ने सिन्धुपाल्चोकका पुर्ब बाशिन्दा लोक गायक डिबि लोप्चन, दिल स्याङ्वो र छिमेकी जिल्लाका सुन बहादुर तामाङ, युग लामा, प्रदिम नेपाली लगायतलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो।

कार्यक्रमको दोस्रो चरणमा कार्यक्रमका सभापति तथा संयोजक माधव पौड़ेलको सभापतित्वमा सन्चालित बन्द सत्रले बिकास तामाङ गोलेको अध्यक्षतामा ३५ सदस्य समितिको समेत निर्माण गरेको छ । जस अनुशार अध्यक्ष-बिकास तामाङ गोले,उपाध्यक्ष-राम कार्की,सचिब-राज कुमार श्रेष्ठ,सह-सचिब-हरी राम श्रेष्ठ,कोषाध्यक्ष:-रोशन पाख्रिन,सह कोषाध्यक्ष निमा तामाङ,महिला संयोजकमा  कृति माया तामाङ गोले चुनिएका छन। भने सदस्यहरु प्रेम घिसिङ, माया तामाङ, संगिता लोप्चन, सुबास श्रेष्ठ-बी, राम , हरी नेपाल, जनक कुमार लुइँटेल , राज दंगाल, सानू तामाङ रहेका छन यसैगरी प्रमुख संरक्षक राजेन्द्र बोम्जन तामाङ, संरक्षकहरुमा  अर्जुन तामाङ, हरी कृष्ण न्यौपाने, माधव पौडेल, श्याम बहादुर लामा, टेन्डुप शेर्पा, सुवास श्रेष्ठ, प्रदिप कार्की, डि बि लोप्चन, दिल स्याङवो, राम ब घलान लामा, राजु थापा, सुरेश ग्याब्बा तामाङ, सुन बहादुर तामाङ नवराज पराजुली साथै सल्लाहाकारहरुमा राम कुमार श्रेष्ठ, मणिराम पराजुली, केशब महर्जन, राजन श्रेष्ठ, गुण बहादुर थापा, प्रदीप नेपाली, युग लामालाई चयन गरिएको छ।

Facebook Comments Box

फेसबुक