२०८१ बैशाख, ३
||NEWS LUMBINI |

सिरहामा आगलागी, तीन लाखभन्दा बढीको क्षति

सिरहा – सिरहाको भगवानपुर गाउँपालिका ४ मा आज बिहान आगलागी हुँदा तीनलाख भन्दा बढीको क्षति भएको छ ।

स्थानीय श्रीलाल यादवको गोठबाट सुरु भएको आगोबाट तीन वटा घर जलेका छन् ।

विहान एक बजे आगलागी भएको रातोपाटी संवाददाताले बताए ।

आगलागीबाट घरमा रहेको लत्ताकपडा, अन्नपात सहित तीन लाख मूल्य बराबरको सर सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

स्थानीय वासिन्दा, प्रहरी र दमकलको सहयोगमा बिहान ३ बजे आगो नियन्त्रणमा लिइएको थियो ।

Facebook Comments Box

फेसबुक