२०८० असोज, १७
||NEWS LUMBINI |

सुदुर-पश्चिम सेवा समाज कुवेतको प्रथम बार्षिक उत्सब सम्पन्न

माधव पौडेल -सुदुर-पश्चिमान्चल घर भई कुवेतलाई कर्मभुमी बनाइरहेका बिभिन्न पेशामा अाबद्ध सुदुर-पश्चिमेलीहरुको समाज सुदुर-पश्चिम सेवा समाज कुवेतले आफ्नो प्रथम वार्षिककोत्सब भब्य रुपमा सम्पन्न गरेको छ। कुवेत खैतान स्थित राजाधानी होटलमा फेब्रोवरी १६ तारिक शुक्रबार समाजले एक कार्यक्रमका बिच आफ्नो वार्षिक उत्सब मनाएको हो।

सुदुर-पश्चिम सेवा समाज कुवेतका अध्यक्ष अमर खड्काको सभापतित्व तथा नेपाली दुतावास कुवेतका महामहिम राजुदुत यज्ञ बहादुर हमालको प्रमुख अातिथ्यतामा आयोजित उक्त कार्यक्रममा कुवेतमा कृयाशिल नेपाली संघ्-संस्थाका प्रतिनिधिहरु, पत्रकार लगाएत सामाजिक अभियान्ताहरुको बाक्लो उपस्थिती थियो।कार्यक्रमलाई पत्रकार नवराज पन्थी र समाजकै कोषाध्यक्ष निरुमाया खड्काले सयुक्त रुपमा संचालन गरेका थिए।

समाजका राजन बम ठकुरीको स्वागत मन्तव्यमाबाट शुरु भएको कार्यक्रमलाई प्रमुख अतिथि तथा उपस्थित अन्य अतिथिहरुको हातबाट बार्षिक उत्सबको केट काटेर उद्घाटन गरिएको थियो।मोहन बहादुर सिंहले सस्थाको परिचय, सुदुर-पश्चिमको चिनारी गराउदै एक पटक सुदुर-पश्चिम अबलोकन गर्न अनुरोध गरेका थिए भने बिबि मल्ल ठकुरी ,कोशराज राई ,रुपेन बिक्रम हमाल ,खोप गुरुङ र मधुमाया मगरले शुभकामना मन्तव्य राखेका थियो।प्रमुख अतिथी महामहिमा राजदुतले सुदुर-पश्चिममा रहेका बिभिन्न कला, संस्कृति तथा प्राकृतिक सम्पदाको बर्णन गर्दै सुदुर-पश्चिम सेवा समाज कुवेतको कार्यहरुको प्रशंशा गरेका थिए।

कार्यक्रममा सुदुर-पश्चिमकै पहिचान बोकेको देउडा गीत र नाच, बिभिन्न सांस्कृतिक प्रस्तुतिहरु, गजल बाचन तथा सुदुर-पश्चिमको भेष-भुष झल्कने बिभिन्न प्रस्तुतीहरु समाबेश गरिएको थियो।बिशेष गरी लोक गायक डिबी लोप्चन, बिबी मल्ल लगाएतका प्रस्तुतिहरु र ब्यङ्यात्मक नाचले सबैलाई थप मनोरन्जन प्रदान गरेको थियो।

सुदुर-पश्चिम सेवा समाज कुवेतले अन्तर्राष्ट्रिय लङ टेनिस खेलाडि, कलाकारहरु, कार्यक्रम सम्पन्न गर्ने सहयोगिगरु,सामाजिक योगदान गर्ने ब्यक्तित्वहरुलाई सम्मान गरेको थियो। कार्यक्रम भब्य र सभ्य बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद र उपस्थित अतिथिहरु प्रती आभार ब्यक्त गर्दै सधैंब सुदुर-पश्चिमको बिकास र कुवेतको नेपाली समाजमा हातेमालो गर्ने प्रणका साथ अध्यक्ष अमर खडकाले कार्यक्रमको समापन गरेका थिए।

Facebook Comments Box

फेसबुक