२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

सुनुवार सेवा समाज कुवेतका अध्यक्ष गुण बहादुर सुनुवारको हृदयघातका कारण निधन

न्युज लुम्बिनी-कुवेतमा एक नेपालीको हृदयघातका  कारण  निधन भएको छ । सामाजिक कार्यमा सक्रिय एबम सुनुवार सेवा समाज कुवेतका अध्यक्ष  गुण बहादुर सुनुवारको शुक्रबार दिउँसो १२:४० मा निधन भएको हो ।

संघीय समाज फोरम कुबेतका उपाध्यक्ष् समेत रहेका गुण बहादुर  गुण आफ्नै होस्टेल नजिकै रोडमा लडिरहेको अवस्थामा भेटिएका थिए । कुवेत प्रहरीले कुवेतको अदान अस्पतालमा पुर्‍याए पनि डाक्टरले उनलाई मृत घोषित गरेको थियो ।

 

Facebook Comments Box

फेसबुक