२०८० फाल्गुन, २१
||NEWS LUMBINI |

‘स्टूडेन्ट अफ द ईयर २’मा २०१८को लागि एडमिशन ओपन

फिल्म ‘स्टूडेन्ट अफ द ईयर २’ को पोस्टर सार्वजनिक भएको छ । सार्वजनिक गरिएको पोस्टरमा एडमिशन ओपन २०१८ भनेर लेखिएको छ भने पोस्टरमा टाइगर श्राफलाई देख्न सकिन्छ । धर्मा प्रोडक्शनको ब्यानरमा तयार हुन लागेको यस फिल्ममा टाइगर श्राफले मुख्य भूमिका निर्वाह गर्ने भएका छन् ।

‘स्टूडेन्ट अफ द ईयर २’लाई पुनीत मल्होत्राले निर्देशन गर्दैछन् । पुनीतले यसअघि ‘आई हेट लव स्टोरीज’ र ‘गोरी तेरे प्यार में’ निर्देशन गरिसकेका छन् । भारतीय मिडियाका उल्लेख गरिए अनुसार, यो फिल्म अर्को वर्ष प्रदर्शनमा आउने भएको छ । यस फिल्ममा टाइगरकी हिरोइन अझैसम्म कन्फर्म भइसकेको छैन । फिल्ममा टाइगरको अपोजिटमा दिशा पाटनी हुन सक्ने अनुमान गरिएको छ ।

चंकी पान्डेकी छोरी अनन्या पान्डेले यस फिल्मबाट बलिउडमा डेब्यु गर्ने भएकी छिन् । टाइगर र अनन्याका अलावा यस फिल्ममा अरु अनुबन्धित भएका छैनन् । २०१२ मा रिलिज भएको ‘स्टूडेन्ट अफ द ईयर’लाई करण जोहरले निर्देशन गरेका थिए । उक्त फिल्मबाट वरुण धवन, आलिया भट्ट र सिद्धार्थ मल्होत्राले बलिउडमा डेब्यु गरेका थिए ।

Facebook Comments Box

फेसबुक