दयानिधि काफ्ले-कुबेतका चर्चित गायक बीबी मल्ल ठकुरीले एकल साझ गर्ने भएका छन । स्याङ्जा जिल्लामा एम्बुलेन्स हस्तान्तरणका लागि आर्थिक सहयोग अभियान चलाइरहेका मल्ल उक्त अभियानलाई सफल बनाउन एकल साझ गर्न लागेका हुन् । आगामी अक्टोबर १२ तारिख शुक्रबार स्याङ्जा सहयोग समाज कुबेतको पहलमा फर्वानिया स्थित अलहाईतम रेस्टुरेन्टको पछाडी रहेको युनिक आयोतारिम हलमा बीबी मल्ल एम्बुलेन्स सयोगार्थ एकल साझ गर्न लागेको कुरा गायक मल्लले न्युज लुम्बिनीलाई जानकारी गराउदै उक्त दिन कुबेत स्थित नेपाली संघ सस्था ब्याक्ति बिशेषलाई कुनै कार्यक्रम नपारिदिनु हुन् अनुरोध समेत गरेका छन ।

कुबेतका चर्चित लोक तथा पप आधुनिक गायक बि बि मल्ल ठकुरी को सम्क्षिप्त परिचय
लोक गितको खानी भनेर स्याङ्जा जिल्ला लाई चिनिन्छ भन्दा दुई मत नहोला।साँच्चै स्याङ्जा जिल्लामा लोक गितका अनगिन्ती हस्तीहरु जन्मेका छन् । जस मध्य बि बि मल्ल ठकुरी पनि एक हुन् । विक्रम संम्वत २०३९ साल स्याङ्जा जिल्लाको हरिनास गाउँ पालिका वडा नंम्बर ४ मा जन्मेका बि बि मल्ल ठकुरी सानै देखि संगितमा रुचि गर्दथे।बिधालय र गाउँ घरमा हुने कार्यक्रममा सधै अग्रसर हुने बि बि मल्ल ठकुरीको साँङ्गेतिक यात्रा भनी विक्रम संम्वत २०६५ साल देखि शुरु भएको हो।
विगत एक दशक देखि कुवेत लाई आफ्नो कर्म थलो बनाउदै आएका ठकुरीले कुवेतमा छुट्टै आफ्नो पहिचान बनाउन सफल भै सकेका छन् ।आफ्नो डियूटीको व्यस्ता संग संगै पनि सामाजिक कार्य साथै संगित लाई हातेमालो गदै अगाडी बढ्न सफल भएका छन् । आफुलाई लोक पप गायक भन्न रुचाउने बि बि मल्ल ठकुरी एक सामाजिक अभियन्ता पनि हुन।लाली गुराँस साँस्कृतिक परिवार नेपाल कुवेतका संरक्षक,अन्तर्राष्ट्रिय नेपाली कलाकार समाज कुवेतका संरक्षक,दर्शन ठकुरी समाज कुवेतका संरक्षक र स्याङ्जा सहयोग समाज कुवेतका संरक्षक पनि हुन् । गायक बि बि मल्ल ठकुरीको बाल्यकाल गाँउले परिवेशमा बितेको हुँदा अझै पनि उक्त गाउँ ठाउँ बिकासको पछाडी परेको बताउँछन्।गाउँमा बिमारी हुँदा कतिपय बिमारी हरु समयमा यातायातको सुविधा नहुदा अकालमा नै मृत्युु भएको आफुले प्रत्यक्ष देखेको तितो स्मरणीय गदै केही हदसम्म भए पनि दुखेको घाउमा मलम लगाउनको लागि स्याङ्जा सहयोग समाज कुवेतले चलाएको एम्बुलेन्स आर्थिक सहयोग अभियानमा बि बि मल्ल ठकुरी एकल साँझ कार्यक्रम गरि उक्त बाट उठेको सहयोग आफ्नो गृह जिल्लामा एम्बुलेन्स हस्तान्तरण गर्न लागेको र अहिलेसम्म देश विदेश बाट सहयोगको अपेक्षा दिएको उनी बताउँछन् । सहयोगी दाता हरु लाई धन्यवाद दिदै कुवेतमा रहनु भएका विभिन्न संघ,संस्था र समाजका प्रतिनिधि, समाजसेवी,बुद्धिजीवी ,कलाकार र खेलाडी साथीहरु लाई उक्त कार्यक्रममा पाल्नु भै कार्यक्रम सभ्य र भव्य रुपमा सफल बनाउन हुन समेत अनुरोध गरेका छन ।

Facebook Comments Box