२०८१ बैशाख, ३
||NEWS LUMBINI |

स्वीडेनको राजधानी स्टकहोल्ममा नयाँ वर्ष २०७५ सांगेतिक धमाका हुने

न्युज लुम्बिनी-नेपाली नयाँ बर्ष २०७५ लाई स्वागत गर्दै मनाईने  प्रचलनलाई कायम राख्दै यूरोप स्थित स्वीडेनको राजधानी स्टकहोल्ममा नेपाली नयाँ बर्ष २०७५ सांस्कृतिक कार्यक्रम हुने भएकोछ  । गैर-आवासीय नेपाली संघ, स्वीडेनको आयोजनामा हुन् लागेको सो कार्यक्रममा यूरोपका चर्चित गायक तुलसी शिवाकोटी र लोकगायिका बिनिता लामिछानेको साथमा स्थानिय कलाकारहरू शक्ति लामा, दिया श्रेष्ठ, शर्मिला पाईजा, सिर्जना लामा, लक्ष्मण खडका, अम्बिका खनाल, रूजुला गुरूंग र कुसुम आचार्यको बेजोड प्रस्तुति रहने बुझिएकोछ । कार्यक्रमको लागि भब्य ण तयारी तिब्र रुपमा चल्दै गरेको कुरा एन आर एन स्वीडेनका अध्यक्ष अर्जुन कुमार श्रेष्ठले जानकारी गराएका छन  । आउँदा दिनहरूमा यूरोप भित्रै छरिएर रहेका कलाकारहरूलाई आफ्ना कला गला प्रतिभा प्रस्तुत गर्न प्रोत्साहन गर्ने र उनीहरूलाई एनआरएनआरएन स्वीडेनले सक्दो सहयोग गर्ने अध्यक्ष् श्रेष्ठले बताउदै   कार्यक्रम सफल बनाउन सहयोग गरिदिनु हुन नेपाली संघ सस्था लगायत सम्पूर्ण यूरोपबासी नेपाली दाजु-भाइ तथा दिदी-बहिनीहरूलाई अनुरोध गरेका छन । 

मिति: अप्रिल १४, २०१८ शनिबार

समय: १५.०० – २१.०० बजे

स्थान: Skarpnäck kulturhus, Skarpnäck alle 25, Stockholm, Sweden

Facebook Comments Box

फेसबुक